तलब–भत्ता नपाएपछि त्रिचन्द्र क्याम्पसका प्राध्यापक कर्मचारी आन्दोलित

काठमाडौँ /२१ असार-एक वर्षदेखि बृद्धि गरिएको तलब नपाएको भन्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् । चालू आर्थिक वर्ष २०७९/०८० को शुरूदेखि लागू हुनेगरी बृद्धि भएको तलब–भत्ता आर्थिक वर्षको अन्तिम महिना बित्नै लाग्दा समेत नपाएपछि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।


त्यसैगरी आंशिक रूपमा प्राध्यापनरत प्राध्यापकहरूले समेत पाउनुपर्ने पारिश्रमिक लामो समयदेखि नपाएको उनीहरूको गुनासो छ । यस्ता खालका तथ्य स्मरण गराउनुपर्ने अवस्था आएकोले प्राध्यापक संघ त्रि–चन्द्र क्याम्पस एकाइ समितिले आपत्ति जनाएको छ ।


उनीहरुले क्याम्पस प्रमुखलाई पत्र बुझाउँदै प्राध्यापक एवं कर्मचारीहरूको बृद्धि भएको तलब–भत्ता भुक्तानि गर्न ध्यनाकर्षण गराएका छन् । असार १८ गतेदेखि २० गतेसम्म माग पुरा गर्न प्राध्यापक संघ त्रि–चन्द्र क्याम्पस एकाइ समितिले माग गरेको थियो ।


उक्त समस्याको समाधान तीन दिनभित्र समाधान नभएकोले आज असार २१ गतेदेखि दिन नियमित परीक्षामा बाधा नपारी पेन डाउन गरी यस क्याम्पस अन्तर्गतका पठनपाठन सम्बन्धी सम्पूर्ण कार्य बन्द गर्नुका छन् । साथै आज अन्य संघर्षका कार्यक्रमहरू घोषणा गर्ने उपसभापति कमलबहादुर भट्टराईले बताए ।