हिमरश्मी हाई स्कूलले मनायो १३ औं अभिभावक दिवस

काठमाण्डौं/१८ फागुन– तारकेश्वर–९ मनमैजु, काठमाण्डौंमा रहेको हिमरश्मी हाई स्कूलले विभिन्न कार्यक्रमको आयोजना गर्दै १३ औं अभिभावक दिवस भव्यताका साथ मनाईएको छ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यमा वार्षिकाेत्सव, वृहत शैक्षिक प्रदर्शनी तथा स्मारिका विमाेचन लगायत विविध कार्यक्रम गर्दै स्कूललेे भव्यताका साथ कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजना गरेको सो कार्यक्रममा हिमरश्मी हाई स्कूलका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम गर्नुका साथै मौलिक, लोक तथा झ्याउरे गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै तारकेश्वर–८ का वडाध्यक्ष मनोज कुमार घिमिरेले हिमरश्मी हाई स्कूल तारकेश्वर नगरपालिकाकै सम्पत्ती हो, जसबाट कैयौं विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिंदै आईरहेको समेत बताए ।

सो कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, प्याब्सन केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँ, ओप्सका सचिव त्यस्तैगरि, कौशल सेकेण्डरी स्कूलका प्रिन्सिपल शिव अर्याललगायतका विभिन्न व्यक्तिहरूको सहभागीता रहेकाे थियो ।


कार्यक्रममा नेपाली मौलिक पहिरन, नेपाली लोक साहित्य, वृहत विज्ञानका सामाग्री र नेपाली कृषि परम्पराजस्ता विभिन्न सामाग्रीहरूको प्रदर्शनी गरेको थियो भने सोही स्कूलमा अध्ययन गरी विभिन्न पेसामा महत्वपूर्ण योगदान पु¥याएका भूतपूर्व विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो ।