परीक्षा आवेदन सम्बन्धि सूचना

काठमाडौं/१८ फागुन–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक ब्याचलर अफ म्याथम्याटिकल साइन्स विषयको परीक्षा आवेदन फारम भर्न सूचना जारी गरेको छ ।
ब्याचलर अफ म्याथम्याटिकल साइन्स विषय प्रथम वर्ष प्रथम सत्र, दोस्रो वर्ष तेस्रो सत्र, तेस्रो वर्ष पाँचौं सत्र र चौथो वर्ष सातौं सत्रको परीक्षा आवेदन फारम फागुन २३ गते सम्ममा बुुझाउनुु पर्ने जनाएको छ ।

https://tuiost.edu.np/storage/notice/bmf633.pdf