भक्तपुर/१० असार–सिद्धार्थ विद्यापीठ किन्डर वल्र्ड स्कुलले ग्राजुयसन कार्यक्रम सम्पन्न गरेको छ । विविध कार्यक्रम सहित असार १० गते शनिबार कार्यक्रम सम्पन्न हो ।
प्रमुख अतिथि रैनी डे विटले अबको शिक्षा भनेको व्यवाहारीक शिक्षा हुनुपर्ने बताउँदै बालबालिकालाई कक्षा कोठामा सिकाउँदा पढ्दै, खेलाउँदै र उनीहरुलाई समुहमा काम गर्न दिनुपर्ने बताइन । उनीले विगात २४ वर्षदेखि नेपालमै रहेका विभिन्न विद्यालयमा काम गरेको अनुभव रहेको बताइन । साथै अहिले अभिभावकमा धेरै परिवर्तन आएको बताउँदै आफ्ना छोराछारिले कति नम्बर ल्याए भन्दा पनि कति सिके भन्ने कुरामा ध्यान दिन थालेकोले विद्यार्थीको सिकाईमा अभिभावकले पनि सहयोग गर्नुपर्ने सुझाब दिइन ।
कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक राजेन्द्र थापाले विद्यालय २४ वर्षदेखि सञ्चालन रहेको र गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको भनाइ राखे ।
स्कुलकी प्रिन्सिपल दीपिका रीमाल थापाले अबको विद्यालय भनेको सिप र संस्कार सहितको शिक्षा दिने हुनुपर्ने र सिदार्थ विद्यापिठ किन्डर वल्र्ड स्कुलको उदेश्य भनेकै बालबालिकालाई संस्कार र प्रविधिसँग जोडने रहेको बताइन । उनले बालबालिकाको जिम्मेवारी विद्यालयको मात्र नभएर घरबाटै बालबालिकाले संस्कार सिक्ने हुनाले विद्यालयलाई मात्र दोष नलगाउन अभिभावकलाई आग्रह गरीन ।
कार्यक्रममा उत्कृष्ट अभिभावक लाई सम्मान गरिनुका साथै विद्यार्थीहरुले विभिन्न नृत्य, कला, आर्ट प्रस्तुत गरेको थिए ।



