काठमाडौं/११ जेठ-शिक्षा मन्त्रालयको वैदेशीक अध्ययन अनुमति शाखाले सार्वजनिक विदाका दिनमा पनि विद्यार्थीहरुलाई एनओसी वितरण गर्ने गरेको छ । विद्यार्थीहरुको चाप बढी भएको कारण सार्वजनिक विदाका दिनमा पनि विद्यार्थीहरुलाई एनओसी वितरण गर्ने गरेको हो ।
तर शिक्षा मन्त्रालयको व्यवस्थापकीय पक्षमा वेवास्ता हुँदा वैदेशीक अध्ययन अनुमती शाखाका कर्मचारीहरुले प्रचलित कानुन बमोजिम पाउने विदाको समेत उपभोग गर्न पाएका छैनन् । शाखाका कर्मचारीका अनुसार अनवरत खटिएर काम गर्नुपर्दा पनि यसको मूल्याङ्कन मन्त्रालयले नगरेको र झन पेलिनु परेको गुनासो गरेका छन् ।
यसबारेमा पटक पटक मन्त्रालयको ध्यनाकर्षण गराउँदा पनि कसैले नसुनेको उनीहरुको गुनासो छ । उनीहरु भन्छन् ‘मन्त्रालय अन्तर्गतको शाखाले त यस्तो सास्ती व्यहोर्नु परेको छ भने शिक्षासम्बन्धी दूरदराजमा भएका समस्याको अवस्था के होला ? ‘