दाङ/११ जेठ-दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । विद्यालय जाने क्रममा जीपले ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका शिक्षक सीता लम्सालको मृत्यु भएको हो ।
जीपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको तुलसीपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो । शिक्षक सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउने गर्थिन् ।