काठमाडौं/१० जेठ-मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिँदै असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको बताइन ।
मन्त्रिपरिषदको बैठकले अनिवार्य निशुल्क शिक्षा ऐन जारी भएको दिनलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।
त्यसैगरी जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताइन् ।
उनले विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।
उनले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताइन् ।



