विद्यालयमा राजनैतिक दलका कार्यक्रम सञ्चालन भए प्रअलाई विभागीय कारबाही हुने

काठमाडौं/१४ वैशाख-काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा राजनैतिक दल र त्यसका भातृसंगठनका कार्यक्रमहरु नगर्न निर्देशन दिएको छ । विद्यालयमा राजनीतिक कार्यक्रम सञ्चालन गरेको सप्रमाण उजूरी प्राप्त भएकोले सो निर्देशन दिएको हो ।


बुधबार महानगरको शिक्षा विभागले जारी गरेको निर्देशनमा भनिएको छ, ‘ महानगरभित्र सचालित केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनैतिक दल र त्यसका भातृ संगठनका कार्यक्रमहरु सञ्चालन गरेको सप्रमाण उजूरी प्राप्त भएको पाइएकोले यस विषयमा महानगरपालिकाको गम्भीर ध्यनआकर्षण भएको छ । अब उप्रान्त कनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ ।’


साथै अनुगमनका क्रममा यस प्रकारका कार्यक्रमहरु सञ्चालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यपकलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ ।

हेर्नुहोस सूचना :