तनहुँ/४ बैशाख-गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा एक जना शिक्षकको मृत्यु भएको छ । तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडा स्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा शिक्षकको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
पार्वती आधारभूत विद्यालयका शिक्षक रोकाया विद्यालयबाट फर्किदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएको थियो । घाइते उनको आज पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



