महोत्तरी/२२ चैत-महोत्तरीको पिपरा गाउँपालिकाले करारमा शिक्षक नियुत्तिका लागि आवेदन माग गरेको छ । माध्यमिक तह र निम्न माध्यमिक तहमा गरी २६ जना शिक्षकका लागि आवेदन माग गरेको हो ।
गाउँपालिकाले शिक्षक सेवा आयोगले २०७८ मंसिर २९ गते प्रकाशन गरेको मावि तह र २०७८ पुस ७ गते गरेको निम्न मावि तहको तृतीय श्रेणी शिक्षक पदको विज्ञानमा २०७९ पुस २० गते प्रकाशन गरेको मावि तह र २०७९ माघ २६ गते प्रकाशन गरेको निमावि तह तृतीय श्रेणी शिक्षक पदको करार योग्यता क्रम सूचीमा भएका उम्मेदवारले आवेदन दिन पाउने जनाएको छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ । साथै शिक्षक पदको करार अवधि २०८१ चैत मसान्त सम्म रहने उल्लेख गरेको छ ।