काठमाडौं/२१ चैत-विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले हामी गर्छौ विद्यालय सुधार नारा सहित प्रथम राष्ट्रिय सम्मेलन आजबाट सुरु गरेको छ । काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा दुई दिन गरिने राष्ट्रिय सम्मेलन चैत २१ र २२ गते हुनेछ ।
महासंघले ६ बुँदे आह्वानपत्र सार्वजनिक गर्दै सबै सरोकारवालाहरुलाई सामुदायिक विद्यालयको स्तर उन्नतीका लागि सँगसँगै अघि बढ्न आग्रह गरेको छ । हामी सुधार गर्छौ, हाम्रो विद्यालय भन्ने अभियान समेत सुरु गरेको जानकारी दिँदै महासंघले नेपालको विद्यालय शिक्षाको सुदृढिकरणका लागिजिम्मेवारी खोजेको जनाएको छ । साथै स्थानीय सरकारले विद्यालयलाई एउटा शासकीय इकाइ मान्दै विद्यालय व्यवस्थापन समितिलाई एउटा जिम्मेवार संस्थाको रुपमा कानुनी र व्यहारिक रुपमा अनुमोदन गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन्सत्रलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले संविधानले शिक्षा मौलिक हक र निशुल्क शिक्षा भनेर निर्धारण गरेपनि शिक्षा ऐन नआएकोले शिक्षा क्षेत्र कता जाने अन्योलमा परेको बताए । उनले शिक्षलाई राज्यले प्राथमिकतामा राखे ठुलो लगानि गरे पनि कार्यान्वयन हुन नसक्दा सदुपायोगम समस्या भएको बताए ।
घिमिरेले शिक्षा ऐन ल्याउने सवालमा विभिन्न कारणले बिलम्ब भएको र त्यसलाई पुरा गर्नका लागि सभामुखको हैसियतले भूमिका निभाउने प्रतिवद्धता जनाएका छन् । बाँकी रहेको शिक्षा ऐनलाई पूर्णता दिन र छिटो भन्दा छिटो शिक्षा ऐन ल्यउन राजनीतिक नेता लगाएत सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
त्यसैगरी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सबै राजनीति दलले शिक्षकहरुको भातृ संगठन भङ्ग गरेर शिक्षामा हुने राजनीति बन्द नगरेसम्म देश ज्यन गए पनि नबन्ने बताए । उनले भने संसारमा त्यस्तो देश छैन जुन सार्वजनिक शिक्षामा राजनीति गरेर रुपान्तरण भएको । उनले सरकारी तलब खाने शिक्षक र प्रध्यापक माथी राजनीति नगर्न दलहरुलाई आग्रह गर्दै यसो गरिए जघन्य अपराध हुने बताए ।
शिक्षा सचिब रामकृष्ण सुवेदीले शिक्षा ऐन ल्यउन क्यविनेटमा पठाए पनि सरकार परिवर्तन हुँदा शुन्यमा आएको र फेरी अर्थमन्त्रालय हुँदै कानुन मन्त्रालयमा पुगेको जानकारी दिए । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक, स्थानीय तह र व्यवस्थापन समितिहरु आ आफ्नोबाटो हिड्नु पर्ने बताइन । साथै संघीय शिक्षा ऐन जारी नभएका कारणले स्थानीय तहमा शिक्षाको अवस्था अन्योलमा रहेको बताइन ।
स्थनीय पालीकाहरुले माध्यमिक तहको शिक्षा व्यवस्थापन गर्ने नाममा थिचोमिचो गर्ने काम भइरहेको नेपाल नगरपालिका संघका संयोजक उपेन्द्र कार्कीले बताए । काम गर्न कठीन रहेको बताउँदै शिक्षा ऐन छिटो ल्याउनुपर्नेमा जोड दिए ।



