सिटिइभिटी : शिक्षालय र कर्यक्रम परिवर्तन गर्न चाहने विद्यार्थीसँग आवेदन माग

काठमाडौं/५ चैत-प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन निरन्तरता, शिक्षालय स्थानान्तरण र कर्यक्रम परिवर्तनका लागि आवेदन माग गरेको छ ।


डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम परिवर्तन गरी अध्ययन गर्न चाहेमा कारण खुलाई आवेदन दिन सकिने जनाएको हो ।


कार्यक्रम परिवर्तन गरी अध्ययन गर्न चाहाने विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयले तोकेका सर्तहरु पूरा गरी कागजातहरु अनिवार्य संलग्न गरेर चैत १९ गतेसम्म निवेदन दर्ता गराउन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *