युवराज रेग्मी
फाल्गुन/२७ झापा-झापाको गौरादह नगरपालिकाको सामुदायिक गौरादह बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेकाछ्न ।
नजिकिदै गएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाइ लक्षित गर्दै निर्वाचन आचारसंहिता उल्लंघन गरेर क्याम्पस प्रशासनले फर्जि विद्यार्थीहरु भर्ना गरेको भन्दै तीन विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा शुक्रबार तालाबन्दी गरेका हुन ।
नेपाल विद्यार्थी संघ , राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारी गौरादह बहुमुखी क्याम्पस एकाई समिति द्वारा संयुक्त रुपमा क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएका छन् । क्याम्पस प्रसाशनद्वारा स्ववियु निर्वाचनका लागि प्रकाशित विद्यार्थीहरुको नामावली उपर तीन विद्यार्थी संगठनहरुले गत फागुन २२ गते एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासन द्वारा प्रकाशित नामवली उपर दाबी गर्दै नामावली संसोधनका लागि माग गरेका थिए ।
तीन विद्यार्थी संगठनहरुको संयुक्त दाबी रहँदा उक्त दाबी बिरोध उपर क्याम्पस प्रशासनले कुनै सुनुवाई नगरि दाबी परेका विद्यार्थीहरुको नामावली नहटाई पुनः नामावली प्रकाशन गरेपछि तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ । विद्यार्थी संगठनहरुले आफुहरुको माग सम्बोधन नगरि बेवास्ता गरिए आफुहरु संयुक्त रुपमा शसक्त आन्दोलनमा जाने चतावनी दिएका छन् । साथै माग सम्बोधन नभएसम्म आफुहरु निर्वाचनको कुनैपनी प्रकृयामा सहभागी नहुने विज्ञप्तिमा उल्लेख छ ।



