काठमाडौं/१४ फागुन-बाल शिक्षक संस्थाका नामबाट विविध कार्यक्रम गरी प्रति व्यक्ति रकम नउठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनसन्धान आयोगले अवश्यक कारवाहीका लागि पत्र पठाएपछि केन्द्रले निर्देशन दिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प.स. ७९/८० च.न. ७३५ मिति २०७९ फागुन २ गतेको पत्र केन्दलाई प्राप्त भएको जनाएको छ । नेपाल सरकारको संस्था दर्ता सम्बन्धी नियमको पालना नगरी बाल शिक्षक संस्थाका नामबाट देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रम गर्ने र त्यसका लागि प्रति व्यक्ति रकम समेत उठाउने गरेको भन्ने विषयको गुनासो रहेको पत्रमा उल्लेख छ ।
गुनासोका विषयमा स्थानीय तहसँग समेतका आधारमा समन्वय गरी छानविन तथा आवश्यक कारबाहीका गर्न तथा सो विषयको जानकारी केन्द्रलाई गराइदिन सबै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-158614383.pdf



