काठमाडौं/१ फागुन-त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको छ । वन विज्ञान अध्ययन संस्था अन्तर्गत सञ्चालनमा रहेको विभिन्न कलेजमा भर्ना भई अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि आवेदन माग गरेको हो ।
इच्छुक विद्यार्थीहरुले फागुन ३ गतेदेखि चैत ७ गतेसम्म र दोब्बर दस्तरसमा चैत १४ गतेसम्म आवेदन दिन सक्ने छन् । साथै प्रवेश परीक्षा चैत १८ गते सञ्चालन गरिने जनाएको छ ।



