काठमाडौं/११ माघ-पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह २०२२ को रजिष्ट्रेसन फाराम भर्नका लागि सूचना जारी गरेको छ । शैक्षिक सत्र फल २०२२ मा स्नाक तहमा भर्ना भएका विद्यार्थीहरुका लागि रजिष्ट्रेसन फाराम भर्नका लागि सूचना जारी गरेको हो ।
विश्वविद्यालय शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली, २०५६ परिच्छेद ३ को नियम (१२) मा व्यवस्था भए बमोजिम विश्वविद्यालयमा नाम दर्ता हुनुपर्ने भएकोले रितपूर्वक रजिष्ट्रेसन फाराम भर्नुपर्ने जनाएको छ ।
रजिष्ट्रेसन फाराम रितपूर्वक भरी माघ १५ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयको रजिष्ट्रेसन शाखामा अनिवार्य आइपुग्नेगरी पठाउनुपर्ने सूचनामा उल्लेख गरेको छ ।





