काठमाडौं/११ माघ-काठमाडौँको बुढानीलकण्ठ नगरपालिका अवस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले प्रगतिशील अवधारणा अन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय प्रगतिशील अवधारणा अन्तर्गत अघि बढाउने उद्देश्यका साथ विभिन्न सेवा प्रदायक संस्थासँगको सहकार्यमा समयानुकूल शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको पुनर्ताजगीका लागि सञ्चालित कार्यक्रमहरूकै शृङ्खला अन्तर्गत काठमाण्डौँ विश्वविद्यालयको अनुगमन तथा सहजीकरण उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
शिक्षक सहजीकरणका लागि काठमाण्डौँ विश्वविद्यालय स्कुल शिक्षा सङ्कायकी कार्यक्रम संयोजक डा. पार्वती ढुङ्गानाले “सहभागितात्मक शिक्षण – सिकाइ” शीर्षकमा शिक्षकलाई तालिम प्रदान गर्दै विद्यार्थीहरूको शिक्षणलाई प्रभावकारी र दीर्घकालीन बनाउने तथ्यलाई स्थापित गराइन । विद्यार्थीको सिकाइ दीर्घकालीन हुनसक्यो भने उनीहरुको सन्तुष्टिको स्तर उच्च हुने र सोही सन्तुष्टिको उच्चताले शिक्षक भलाइ र वृित्त विकासलाई निर्धारण गर्ने ढुंगानाले बताइन ।
कार्यशालाको अर्को सहजकर्ता रेजिना के.सीले शिक्षक भलाइ तथा वृत्ति विकासको शीर्षकमाथि समग्रतामा प्रकाश पार्दै विद्यार्थीहरूको सिकाइको आधार उनीहरूको घरायसी वातावरणबाट प्रारम्भ हुने र उनीहरूले ६०% सिकाइ घर/समाजबाट र बाँकी ४०% सिकाइ विद्यालय वा शिक्षकबाट सिक्ने कुरा प्रष्ट पारीन । त्यसैले शिक्षकको शिक्षण विद्यार्थीको घरायसी वातावरणलाई सकरात्मक प्रभाव पार्ने प्रकारको तुल्याउनु पर्ने कुरामा जोड थियो ।
शिक्षकले विद्यार्थीलाई शिक्षण गर्दा कक्षाकोठामा झेल्नुपर्ने बहुआयामिक चुनौतीका बारेमा चनाखो रहनुपर्ने र त्यस्ता चुनौतीलाई सामना गर्ने उपाय अवलम्बन गर्नुपर्ने कुरामा जोड दिइएका थिए ।
विद्यालयका संस्थापक प्राचार्य कृष्ण अधिकारीले विद्यार्थीको पढ्ने आदत विकासकालागि प्रत्येक शिक्षक तथा पुस्तकालय विकास कोष सम्बद्ध कर्मचारीले विशेष ध्यान पु¥याउनका लागि आव्हान गरे ।



