सरकारी स्कूलका शिक्षकले राजनीति गरेका कारण शिक्षा नसुध्रिएको हो : ज्ञानेन्द्र शाही

काठमाडौं/१० माघ-सभासद् ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)ले सरकारी स्कूलका शिक्षकहरुले राजनीति बाहेक अरु केही नगरेका कारण शिक्षा नसुध्रिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षामा एक खर्ब,९६ अर्ब ३८ करोड बजेट विनियोजन गरे पनि सरकारी विद्यालयका शिक्षकले राजनिित गरेकै कारण शिक्षा नसुध्रिएको बताएका हुन ।


त्यसैगरी शाहीले ठुलाबडा, हुनेखाने,माननियका सन्तानले विदेशमा तथा ठुला ठुला निजी स्कुलमा पढाउने गरेको बताउँदै गरीबका छोराछोरीलाई शिक्षामा सुधार गर्छु भनेर राजनीति गरेको आरोप लगाएका छन् ।


माननियका सन्तानले निजी विद्यालयमा नभई सरकारी स्कूलमा पढाए मात्रै शिक्षामा सुधार गर्न सकिने बताउँदै उनले भने “शिक्षाका कुरा गरेको, ठुला ठुला भाषण गरेको सुन्ने गरेको छु । म आज दावाका साथ भन्छु सम्माननिय, माननिय ज्युका छोराछोरीलाई नेपालको सरकारी स्कूलमा पढाउँन आजदेखि नीति बनाउँ तब मात्र सरकारी विद्यालय सुध्रिन्छन् ।”