कक्षा कोठाको अभाव भएपछि चौरमा परीक्षा

अछाम/१८ पुस-कक्षा कोठाको अभाव भएपछि चौरमा विद्यार्थीलाई राखेर परीक्षा लिनुपर्ने अवस्था रहेको छ । अछाम जिल्ला श्रीकोट साफेबगर नगरपालिका २ मा रहेको श्री त्रिपुरा सन्दरी माध्यामिक विद्यालयले चौरमा विद्यार्थीलाई राखेर अर्धवार्षिक परीक्षा सञ्चालन गरेको हो ।


पुस १७ गतेदेखि सञ्चालन भएको परीक्षामा विद्यार्थीहरुले अंग्रेजी विषयको परीक्षा दिइरहेका हुन । विद्यालयमा विद्यार्थीलाई अलग अलग ठाउमा राखेर परीक्षा सञ्चालन गर्न कक्षा कोठाको अभाव भएपछि विद्यालयको चौरमा राखेर अर्धवार्षिक परीक्षा सञ्चालन गरिएको हो ।


बालविकास देखि कक्षा १२ सम्मका विद्यार्थी परीक्षामा सहभागि छन् । विद्यालयमा ४ सयको संख्यामा विद्यार्थीहरु रहेका छन् । विद्यार्थीको फोटो खबर एजुकेशनलाई सोही विद्यालयका शिक्षक जानकी कुँवर(रावल)ले पठाउनु भएको हो ।