डिप्लोमा तथा प्रि-डिप्लोमा तहको छुट् रजिष्ट्रेशन इन्ट्रि गर्न १ दिन मात्रै खुला

काठमाडौं/१४ पुस-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परक्षिा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र र प्रि-डिप्लोमा तहको अनलाई इन्ट्रि एक दिनका लागि मात्रै खुला हुने जनाएको छ । परिषद्ले मंसिर २६ र २७ गते प्रकाशित रजिष्ट्रेशन फाराम भर्ने बारे जारी सूचना अनुसार केही शिक्षालयहरुको इन्ट्रि गर्न छुटेकोले एक दिनका लागि मात्रै खुला हुने जनाएको हो ।


परीषद् प्रदेश कार्यालय र शिक्षालयहरुले स्वस्थ्य बाहेकका कार्यक्रमहरुको पूनः प्रवेश परक्षिाको हकमा पुस ७ गते भित्रमा आईटीएमएस अनलाइनमा इन्ट्रि गरिसक्नुपर्नेमा छुट भएकोले एक दिनका लागि आईटीएमएस अनलाइनमा इन्ट्रि खासलएको छ ।


आईटीएमएस अनलाइनमा पुस १४ गते बिहान १० बजेदेखि राती १२ बजेसम्म मात्र एक दिनका लागि आईटीएमएस अनलाइनमा इन्ट्रि गर्ने प्रायोजनले खुला गरिएको जनाएको छ ।