अनाधिकृत रुपमा शैक्षिक मेला नगर्न शैक्षिक परामर्श संस्थालाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं/१४ पुस–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनाधिकृत रुपमा शैक्षिक मेला गर्ने संस्थाहरुलाई कारवाही गर्ने भएको छ । शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जरुरी सूचना जारी गर्दै शिक्षा मन्त्रालयबाट अनुमति नलिई अनाधिकृत रुपमा शैक्षिक मेला गर्ने संस्थाहरुलाई कारवाही गर्ने जनाएको हो ।


मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जानकारी दिँदै अनुमति विना अनाधिकृत शैक्षिक मेला नगर्न शैक्षिक परामर्श तथा शैक्षिक मेला आयोजक संस्थाहरुलाई निर्देशन दिएको छ ।


मन्त्रालयको वेभसाईड मार्फत जारी गरिएको सूचनामा भनिएको छ “केही संस्था, व्यवसायी र शैक्षिक मेला परामर्श दाता संस्थाहरुले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना सामाग्री राखी मेलाको प्रचार प्रसार गर्ने गरेको भन्ने गुनासोहरु प्राप्त भएकोले यस मन्त्रालयबाट पूर्व स्वीकृति नलिई त्यसे कार्यक्रम आयोजना र कार्यक्रम सम्बन्धी कुनै मिडियाबाट प्रचारप्रसार नगर्न नगराउन यो सूचा प्रकाशन गरिएको छ ।”


साथै मन्त्रालयको अनुमिता विना शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही समेत गर्ने सूचनामा उल्लेख गरेको छ ।


शैक्षिक मेलाको सन्दर्भमा खबर एजुकेशनले निरन्तर समाचार लेखिरहेको छ भने पछिल्लो समय यस्ता अनाधिकृत शैक्षिक मेला आयोजनामा कमि आइरहेको छ । केही शैक्षिक परामर्श संस्थाहरुले आफुले शैक्षिक मेलाको अनुमति लिने र धेरै शैक्षिक परामर्श संस्थाहरुलाई मेलामा सहभागि गराउने गरेका छन् । तर, निर्दैशिका अनुसार यो गैरकानूनी कार्य मानिन्छ भने यसबाट राजस्व छलिको कार्य भइरहेको प्रष्ट देखिन्छ ।


त्यसैगरी केही विदेशी नागरी तथा विदेशी नागरीकता लिएका नेपालीले शिक्षा मन्त्रालय लगायत विभिन्न निकाय र विभागको अनुमति नै नलिई शैक्षिक परामर्श संस्थाको आडमा नेपालमा आएर विद्यार्थीलाई भेलापारी सेमिनारको आयोजना गर्ने र शैक्षिक मेलामा सहभागि भई परामर्श दिने गरेको पाइएको छ जुन गैर कानूनी मानिन्छ ।


शिक्षा मन्त्रालयका अनुसार विगत ८ महिनादेखि कुनै पनि शैक्षिक परामर्श संस्था वा कुनै मेला आयोजक संस्थाहरुलाई शैक्षिक मेलाको लागि अनुमति नदिएको र यसमा रोक लगाइएको समेत जनाएको छ । मन्त्रालयले भन्यो “दिनु परेको खण्डमा सचिव स्तरीय तथा मन्त्री परिषद् स्तरीय निर्णय गरीनुपर्छ र त्यही अनुसार फाइल उठाइनु पर्छ ।” यदी शिक्षा मन्त्रालयको निर्णय र अनुमति विना कसैले शैक्षिक मेलाको आयोजना गरेको पाइए कारवाही गरिनुका साथै त्यस्ता शैक्षिक परामर्श संस्थाहरुको नविकरण समेत नगरीने जनाएको छ ।

https://moest.gov.np/post/1_63aaf9036342d

Leave a Reply

Your email address will not be published. Required fields are marked *