दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीले ट्रान्सक्रिप्टको लागि फाराम भर्न आग्रह

काठमाडौं/११-पुस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीहरुले ट्रान्सक्रिप्टको लागि फाराम भर्न आग्रह गरेको छ ।


दीक्षान्त समारोह पूर्व निर्धारित समयमै आयोजना गर्न परीक्षा नियन्त्रण कार्यालयले कार्यहरु निरन्तर अगाडी बढाएको जानकारी गराउँदै समारोहमा भाग लिने विद्यार्थीहरुले ट्रान्सक्रिप्टको लागि फाराम भर्न आग्रह गरेको हो ।


विश्वविद्यालयबाट तोकिएको सम्पूर्ण मापदण्ड पूरा गरी उत्तीर्ण भएका विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहमा भाग लिन इच्छुक विद्यार्थीहरुले पुस महिना भित्र ट्रान्सक्रिप्टको लागि आवेदन फाराम भर्नका लागि आग्रह गरेको छ ।