नवरात्रिको तेस्रो दिन, माता चन्द्रघण्टाको पूजा गरिदैं

काठमाडौं/१४ असोज–नवरात्रीको तेस्रो दिन आज माता चन्द्रघण्टाको पूजा आरधना गरेर मनाइदै छ ।

नवरात्रिमा नवदुर्गा भवानीको पूजा गर्ने चलन रहेको छ र त्यहि चलन अनुसार आज चन्द्रघण्टा माताको पूजा गर्न बिहान देखि शक्तिपीठहरुमा भक्तजनरुको भीड लाग्ने गरेको छ । घटस्थापनाको दिनबाट सुरु हुने नवदुर्गा पूजाका अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । उनको पूजा गरेमा पृथ्वीलोक र परलोक दुवैको लागि कल्याणकारी रहने विश्वास रहेकाे छ । नवरात्रीको तेस्रो दिन पूजा गरिने यस देवीको निधारमा घण्टा आकारको चन्द्रमा भएको कारण उनलाई चन्द्रघण्टा देवी भनेर सम्बोधन गरिएको हो । चन्द्रघण्टा देवी निकै सभ्य, शान्त र सौम्य भएको पूराणमा व्याख्या गरिएको छ । त्यसैगरी माता पार्वतीले दुष्टको विनाश र सज्जनको रक्षा गर्न विभिन्न नौं रुप लिएको मान्यता छ ।

नवरात्रिको हरेक दिन विभिन्न देवीहरुको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोसो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी , सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिनमा सिद्धिदात्रीको पूजा गरिन्छ ।