घोराही/३० भदौं-राप्ती इञ्जिनियरिङ कलेजले राष्ट्रिय बालदिवसको अवसरमा एकल नृत्य प्रतियोगिता आयोजना गरेर मनाएको छ । बाल मैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवस एकल नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि, राप्ती इञ्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभालाई उजागर गर्नमा यस नृत्य प्रतियोगिताले सहगोग पु¥याएको बताए । कलेजमा अध्ययनरत विद्यार्थीहरु फरक भाषा शैली, संस्कृति र समाजबाट कलेजमा अध्ययन गर्न आएको बताउँदै विद्यार्थीहरुले आफ्नो भाषा, संस्कृती झल्कने नृत्यहरु प्रस्तुत गरिएकोमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले पनि आफ्नो भाषा, संस्कृती बचाई राख्न अनुरोध गरे ।साथै समाजलाई बाल मैत्री बनाउनका् लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।
बालदिवसको अवसरमा भएको नृत्य प्रतियोगितामा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्डका आस्था रोकाय प्रथम, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्डका मेन कुुमारी घर्ति दोस्रो, प्रि—डिप्लोमा इन सर्भे इञ्जिनियरिङका कमल घर्ती तृतिय, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्डका मिना पाण्डे र प्रि—डिप्लोमा इन सिभिल इञ्जिनियरिङका संगिता खनाल सान्त्वना स्थान प्राप्त गरेका थिए । सो प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने सबैलाई कार्यक्रमका प्रमुख अतिथिले पुुरस्कार वितरण गरेका थिए ।
कलेजका एकेडेमिक कोर्डिनेटर ई. बाबुराम जोशीको सभापति तथा आईटी विभागिय प्रमुख विश्वबन्धु थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्डका विद्यार्थी मनोज शर्माले गरेका थिए । कलेजमा सिटिईभिटी अन्र्तगत डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष दोस्रो खण्ड, प्रि–डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङका विद्यार्थीहरु, शिक्षक तथा कर्मचारीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।



