विद्यार्थीको समस्या बुझेर उचित निराकरण गर्न शिक्षक नै बढी जिम्मेवार बन्नुपर्ने

काठमाडौं/३० भदौं-काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनसँग समन्वयगरी आदर्श जनप्रेमी अङ्ग्रेजी माध्यमिक विद्यालय कौशलटार, भक्तपुरले शिक्षकको क्षमता विकासका लागि तालिम प्रदान गरी यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


काठमाडौं विश्वविद्यालयका प्रतिनिधि प्रा.डा.लक्ष्मण ज्ञवाली र सिपिइपी संयोजक डा. पार्वती ढुङ्गाना पौडेलको प्रस्तुतिमा विद्यालयका प्राथमिक तहदेखि माध्यमिक तहसम्म अध्यापन गराउने शिक्षकहरुको उपस्थित रहेको थियो ।


विद्यालयका प्रशासकीय सहप्राचार्य एंव विद्यालयका इन्चार्जको उपस्थितिमा उक्तकार्यक्रमको उद्धघाटन विद्यालयका शैक्षणिक सहप्राचार्यले गरे । विद्यार्थीको सिकाइ समस्याहरूको खोजीगरी उपयुक्त समाधानका मार्ग पहिचान गर्ने अनुसन्धान मूलक खोज नै कार्यक्रमकोे मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ । परिवर्तित समयानुकूल शिक्षण विधि एंव सिपलाई सुधार गर्दै लैजाने हेतुले शिक्षालाई जीवनसँग जोड्न र व्यावहारिक ज्ञान दिन विद्यार्थीको सिकाइ समस्याको खोजी गर्नुपर्ने कुरामा कार्यक्रम केन्द्रित रहेको थियो ।


यसबाट सिकाइ समस्या भएका विद्यार्थीहरूको समस्या पहिचानगरी समाधानको निकट पुग्न सहज हुने आशा र विश्वास शिक्षकलाई जगाएको पाइयो । विद्यार्थीलाई सबै भन्दा निकटबाट बुझ्ने भनेकै कि विद्यार्थी आफै कि कक्षाकोठामा शिक्षण गराउने शिक्षक हुनेछ । त्यसैले विद्यार्थीको समस्या बुझेर त्यसको उचित निराकरण गर्ने पनि शिक्षक नै बढी जिम्मेवार बन्नुपर्ने निष्कर्ष सहित कार्यक्रम सकिएको थियो ।