त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन माग

काठमाडौं/२८ भदौं-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद सिफारिस समितिको सचिवालयले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।


त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद सिफारिस समितिको २७ गते बसेको बैठक निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि ७ दिन भित्र आवेदन पेश गर्न माग गरेको हो ।


योग्यता तथा आधारहरु पुरा भएका इच्छुक व्यक्तिहरुले असोज ३ गतेसम्म कार्यालय समयभित्र समितिको सचिवालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको निजी सचिवालयमा निवेदन पेश गर्नुपर्ने छ ।