काठमाडौं/२५ भदौं-शिक्षाक्षेत्रका विज्ञ, शिक्षा सेवी र पत्रकारलाई ‘नेशनल एजुकेशन अवार्ड’ प्रदान गरिएको छ । शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १६ औँ ‘एजुकेशन अवार्ड’ वितरण कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले सम्मान तथा पुरस्कार गर्नुभयो ।
एजुकेशन कन्ट्रिवियुशन अवार्ड गोदावरी नगरपालिकाले पाउन सफल भएकोछ । शिक्षालाई गोदावरी नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ । शिक्षामा यो चालु वर्षका लागि ७ करोड छुट्याएको छ । नगरपालिका भित्र ३ वटा नमुना विद्यालय रहेका छन् । प्राविधिक शिक्षा समेत रहेको यस नगरले स्वयंसेवक शिक्षकका लागि १ करोड रकम छुट्याएको छ । नगर प्रमुख गजेन्द्र मर्हजन एक सरल, सकरात्मक व्यक्तित्वका कारण उहाँले दोस्रो कार्यकालको लागि पनि पुनःनिर्वाचित भएर नगर विकासको लागि योगदान पु¥याउँदै आउनु भएको छ ।
अक्षरा स्कुलका अञ्जुभट्टराई वेष्ट प्रिन्सिपल अवार्ड पाउन सफल हुनु भएको छ । तालिम र अध्ययनले प्रखर बन्नु भएकी भट्टराईले छोटो समयमा आफुलाई स्थापित गर्नु भएको छ ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका डीन प्राडा बालचन्द्र लुइँटेललाई ‘एजुकेशन भिजन अवार्ड’, शिक्षा सेवी भोज बहादुर शाहलाई ‘लाइफ टाइम एचिभमेन्ट्स अवार्ड’, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेल र ह्वाइट हाउस एजुकेशन फाउण्डेशनका प्रमुख युवराज शर्मालाई ‘डेडिकेसन अवार्ड’ प्रदान गरियो ।
यस्तै विभिन्न विधातर्फ आसमा ननेपाल, फेथ फाउण्डेशन नेपाल, सङ्खुवा सभाको वानामा ध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर श्रेष्ठ, काठमाडौँको अक्षरा स्कुलका प्रिन्सिपल अञ्जुभट्टराई, ललितपुरको रजेन्ट रेसिडेन्सियल, जेम्स स्कूल, गोदावरी नगरपालिका, काठमाडौँको एपेक्स लाइफ स्कुल, ब्राइट फ्युचर सेकेण्डरी स्कुल, समृद्धि कलेज, एनसिसिएस कलेज, स्वति श्री गुरुकुल, आइबी वल्र्ड स्कूल, रुपन्देहीको कालिका मान विज्ञान मावि र प्राइम कलेजलाई पुरस्कृत गरिएको छ ।
सम्मान र पुरस्कार छनोटमा भाषा आयोगका उपसचिव गेहनाथ गौतम संयोजक, शिक्षाकर्मी दीपिका थापा र शिक्षापत्रकार प्रकाश सिलवाल सदस्य रहनु भएको थियो । सो अवसरमा राज्यमन्त्री श्रेष्ठले सरकारले सङ्घीय शिक्षा विधेयक र प्राविधिक शिक्षा सम्बन्धी विधेयक ल्याउन लागेको जानकारी दिँदै शिक्षालाई राज्यले प्राथमिकता दिएमा मात्रै मुलुक समृद्ध हुने बताउनु भयो । शिक्षा राज्य मन्त्री यादवले शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सबैको योगदान आवश्यक रहेको बताउनु भयो ।
डा.बाबुराम पोखरेल स्मृति छात्रवृत्ति त्रिपद्मविद्याश्रम माविका सुजाता ठाकुरलाई प्रदान गरिएको छ । सो छात्रालाई स्मृति कोषबाट नगद राशी पच्चिस हजार प्रदान गरिएको हो ।
दुई शिक्षा पत्रकार पुरस्कृत :
कार्यक्रममा नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा र द राइजिङ नेपालका मञ्जिमा ढकाललाई जनही रु १० हजार राशि सहित शिक्षापत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उहाँहरुलाई क्रमशः शिक्षापत्रकार समाज र शिक्षापत्रकार सञ्जालको सिफारिस समेतका आधारमा पुरस्कृत गरिएको हो । यस्तै डा.बाबुराम पोखरेल स्मृति छात्रवृत्ति त्रिपद्मविद्याश्रम माविका सुजाता ठाकुरलाई प्रदान गरिएको शिक्षालय मासिकका प्रधान सम्पादक श्याम तण्डुकारले जानकारी दिनुभयो ।



