लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङको आयोजनामा योग विज्ञान प्रशिक्षण

घोराही/२५ भदौं-लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङको आयोजना तथा पतञ्जली सेवा समितिको सहयोगमा नियमित गरौ योग, सधै रहौ निरोग भन्ने मुलनाराको सातदिने योग विज्ञान शिविर राप्ती इञ्जिनियरिङ कलेजको सभाहलमा सुरु भएको छ । योग विज्ञान प्रशिक्षणको शुुक्रबार एक समारोहका बीच लायन्स क्लव इन्टरनेशनल ३२५ एनका प्रथम भाइस गर्भनर एम.जे.एफ.लायन मुकुट ढकालले उद्घाटन गरेका हुन् ।


उद्घाटनमा प्रमुख अतिथि फर्सट भाइस डिस्टिक गर्भनर लायन ढकालले व्यक्तिको सर्वार्णिङ विकासमा योग विज्ञानको सहयोग लिन सके मानव अस्तित्वलाई अझ फलदायी बनाउन सहयोग पुग्ने बताए । ढकालले, सात दिनसम्म चल्ने योग शिविरमा सबै जना सक्रिय पूर्र्वक सहभागी हुन आग्रह गरे । कार्यक्रमका िवशिष्ट अतिथि पतञ्जली योग समिति लुम्बिनी पदेशका अध्यक्ष प्रभारी प्रेम शाहले योग विज्ञानले मानिसको समग्र विकासमा सहयोग पु¥याउने बताए । कार्यक्रमका अर्का अतिथि घोराही उप–महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तारा बहादुर डि.सी.ले योग विज्ञान शिविरको माध्यामद्धारा मानवमा देखिने सम्पूर्ण समस्याहरुलाई निराकरण गर्न सकिने भएकोले यसलाई सबैले निरन्तरता दिनुपर्नेमा जोड दिए ।


लायन्स क्लव इन्टरनेशनल ३२५ एन एरिया नं २ का रिजन चेयर पर्सन एवं लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ संस्थापक अध्यक्ष एम.जे.एफ.लायनडा.भीमसेन गिरीले स्वागत मन्तव्य राख्दै नियमित योग गर्नाले हरेक मानिस स्वस्थ रहन सहयोग गर्ने बताए । स्वास्थ्यको ख्याल नगर्नाले समान्य देखि जटिल रोगीभई अकालमै मृत्युसमेत हुने गरेको र यसबाट बच्नको लागि योग गर्न जरुरी रहेकोले सबै योग प्रशिक्षणमा भाग लिन आग्रह गरे । डा.गिरीले कलेजको वरिपरी रहेका टोलमा बसोबास गर्ने आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरुको स्वाथ्य स्वस्थ्य राख्नको लागि योगको आयोजना गरिएको बताए ।


लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष लायन पवन योगी, पतञ्जली योग समिति दाङका अध्यक्ष उदय डाँगी, लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङका पूर्व अध्यक्ष तथा राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल लायन रेशम गिरी, पतञ्जली योग समिति दाङका महासचिव माधव सुवेदी, पतञ्जली योग समिति महिला जिल्ला कोषाध्यक्ष यमा गौतम, पतञ्जली योग समिति नगर मिडिया प्रभारी बसन्ती ढकाल, योग प्रशिक्षक विष्णु ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङका सचिव लायन धनेश्वर चौधरीले गरेका थिए । योग प्रशिक्षण कार्यक्रममा मुना, शक्ति, सानी अम्बापर, मित्रनगर, सिर्जना, सर्रा र इञ्जिनियरिङ टोलका करिब १२० जनाको सहभागिता रहको छ ।