पोखरा विश्वविद्यालय : स्नातक तहमा विद्यार्थी भर्नाका लागि न्यूनतम मापदण्ड निर्धारण

काठमाडौं/२४ पोखरा-विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि न्यूनतम मापदण्ड निर्धारण गरेको छ । विश्वविद्यालयले विभिन्न संकाय अन्तर्गत रहेका स्नातकतहका कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि न्यूनतम मापदण्ड निर्धारण गरेको हो ।


परिमार्जित न्यूनतम मापदण्डहरु निर्धारण गरिए अनुसार व्यावस्थापन संकाय अन्तर्गत रहेका स्नातकतहका कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ उत्तीर्ण गर्दा वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट समकक्षता तह उत्तीर्ण गर्दा अक्षराङ्कन पद्धति अनुसार २०७८ सम्म न्यूनतम सिजिपिए १.८ तथा कक्षा ११ र १२ का प्रत्येक विषयमा न्यूतम ग्रेड डी प्राप्त गरेको हुनुपर्ने छ । अथवा राष्ट्रिय परीक्षा बोर्डबाट २०७९ मा कक्षा १२ उत्तीर्ण गर्दा अक्षराङ्कन पद्धति अनुसार न्यूनतम जिपिए १.८ तथा कक्षा १२ का प्रत्येक विषयमा न्यूतम ग्रेड डी प्राप्त गरेको हुनुपर्ने छ ।


त्यसैगरी मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत रहेका स्नातकतहका कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ उत्तीर्ण गर्दा वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट समकक्षता तह उत्तीर्ण गर्दा २०७८ सम्म अक्षराङ्कन पद्धति अनुसार कक्षा ११ र १२ का प्रत्येक विषयमा न्यूतम ग्रेड डी प्राप्त गरेको हुनुपर्ने छ । अथवा राष्ट्रिय परीक्षा बोर्डबाट २०७९ मा कक्षा १२ उत्तीर्ण गर्दा अक्षराङ्कन पद्धति अनुसार कक्षा १२ का प्रत्येक विषयमा न्यूतम ग्रेड डी प्राप्त गरेको हुनुपर्ने छ ।


साथै विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत रहेका स्नातकतहका कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि विद्यार्थी भर्नाका गर्न न्यूनतम मापदण्ड निर्धारण गरेको छ ।