पूर्वाञ्चल विश्वविद्यालय ईन्जिनियरिङमा नयाँ भर्नाका लागि आवेदन माग

काठमाडौं/२३ भदौं-पूर्वाञ्चल विश्वविद्यालय ईन्जिनियरिङ संकायले स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शैषिक सत्र २०७९/०८० का लागि विश्वविद्यालयले नयाँ भर्ना गर्न प्रवेश परीक्षाको अनलाईन आवेदन फाराम माग गरेको हो ।


पूर्वाञ्चल विश्वविद्यालय ईन्जिनियरिङ संकाय अन्तर्गतका आंगिक एवं सम्बन्धन प्राप्त स्कूल, क्याम्पस,कलेजहरुमा सञ्चालित ईन्जिनियरिङ संकाय अन्तर्गत स्नतक तहका बिई ( सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स् कम्युनिकेशन र अटोमोसन, इलेक्ट्रिकल, जियोमेट्रिक, बायोमेडिकल) र व्यच्लरर्स ईन आर्किटेक्चर शैक्षिक कार्यक्रमका लागि आवेदन माग गरेको हो ।


विश्वविद्यालयले तोकेका शैक्षिक योग्यता हासिल गरेका इच्छुक विद्यार्थीहरुले आफुले अधययन गर्न चाहेको शैक्षिक संस्था र शैक्षिक कार्यक्रम छनोट गरी असोज २६ गतेसम्म र विलम्ब दस्तुर सहित कार्तिक ४ गतेसम्ममा अनलाईन आवेदन दिन सकिने जनाएको छ ।