काठमाडौं /१४ असार-विश्वभाषा क्याम्पसमा पढाई हुने विभिन्न भाषाका इच्छुक विद्यार्थीहरुका लागि नयाँ भर्ना खुला गरेको छ । शैक्षिक सत्र २०७९ को कक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएकोले नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो ।
क्याम्पसले चिनियाँ, फ्रान्सेली, जर्मन, स्पेनी, जापानी, रसियाली, इटाली, कोरियाली, अरबिक, प्रारम्भिक अंग्रेजी र अंग्रेजी लेखन भाषहरुमा नयाँ भर्नाका लागि आवेदन खुला गरेको छ ।यी मध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरुले तोकिएको समयभित्र आवेदन फाराम भरी क्याम्पसमा प्रकाशित सूचना अनुसार भर्ना हुनुपर्ने छ ।
फारम लिने र बुझाउने समय असार १९ गतेदेखि २८ गते बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म रहेको जनाएको छ । त्यसैगरी अंग्रेजी लेखन बाहेक सबै भाषका लागि एसएलसी वा एसईईमा कम्तीमा सी ग्रेड प्राप्त वा सोसरह उत्तीर्ण हुनुपर्ने छ । अंग्रेजी लेखनका लागि त्रिविबाट स्नातक वा सोसरह उत्तीर्ण भएको हुनपर्ने छ ।




