बागमती प्रदेशको शिक्षक बढुवा नामावली प्रकाशित (नामावली सहित)

काठमाडौं/१५ असार–शिक्षक सेवा आयोग बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय हेटौंडाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा नामावली प्रकाशित गरेको छ ।


आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ प्रायोजनका लागि प्रकाशित गरेको हो ।