एक सिट छात्रवृत्तिका लागि आवेदन माग


काठमाडौं /१४ असार-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले एक सिट छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त माग गरेको छ । एमएस्सी इन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड रुरल डेभलपमेन्ट विषय अध्ययनका लागि एक सिट छात्रवृत्ति प्राप्त भएकोले दरखास्त माग गरेको हो ।


वन विज्ञान अध्ययन संस्थान अन्र्तगत काठमाडौं फरेष्ट्री कलेजमा एमएस्सी इन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड रुरल डेभलपमेन्ट विषय अध्ययनका लागि एक सिट छात्रवृत्ति प्राप्त भएकोले उक्त एक साधारण सिटको निशुल्क छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीले वन विज्ञान अध्ययन संस्थान पोखराबाट स्नातकोत्तर तहको भर्नाका लागि २०७८ सालमा लिइएको प्रवेश परीक्षामा छनौट भई मेरिटलिष्टमा नाम समावेश भएका उम्मेदवारले दरखास्त दिन भनिएको छ ।
साथै असार १३ गतेदेखि २० गतेभित्र दरखास्त दिनुपर्ने छ ।

https://moe.gov.np/assets/uploads/files/notice_of_forestry_2079_-_Copy.pdf