भोजपुर/१४ असार-भोजपुर अरुण गाउँपालिका ६ स्थित महेन्द्रोदय माविका शिक्षक रज्जनकुमार यादवलाई कार्यकक्ष भित्रै कुटिएको भन्दै नेपाल शिक्षक महासङ्घले घोर निन्दा तथा भत्र्सना गरेको छ ।
असार ९ गते शिक्षा शाखा प्रमुख श्यामकुमार राईबाट कार्यकक्ष भित्रै निर्घात कुटपिट गरिएकोले महासङ्घले आक्रमणप्रति घोर निन्दा गरेको हो ।
शिक्षक यादवलाई माथि कुटपिट कार्यमा संलग्न निज राईलाई अविलम्ब गिरफ्तार गरी कानुन अनुसार कडाभन्दा कडा सजाय दिन तथा पीडित शिक्षकको उपचारको यथोचित प्रबन्ध गर्न माहासङ्ले माग गरेको छ ।




