फेरिल्याण्ड स्कूलमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौं/१३ असार-काठमाडौंको कपन, बालुवा खानीस्थित फेरिल्याण्ड इन्टरनेशनल स्कूलको संयोजनमा चित्रकला प्रतियोगिताको सम्पन्न भएको छ । अर्गनाइजेसन्स अफ प्राइभेट स्कुल (ओपीएस) को आयोजना तथा फेरिल्याण्ड स्कुलको संयोजनमा शनिबार चित्रकला प्रतियोगितामा सम्पन्न भएको हो ।


बूढानीलकण्ठ नगरपालिका–१० का वडा अध्यक्ष नवराज भट्टराई प्रमुख अतिथि रहेको प्रतियोगितामा विभिन्न विद्यालयका सिनियर र जुनियर गरी ५३ विद्यार्थीले भाग लिएका थिए । सिनियरतर्फ ‘माई कल्चर माई हेरिटेज’ विषयमा २८ जना विद्यार्थी प्रतियोगितामा सहभागि थिए भने जुनियरतर्फ ‘नेचुरल इन्भाईरोमेन्ट’ शिर्षकमा २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।


प्रमुख अतिथी नवराज भट्टराईले विद्यार्थीलाई सानै उमेरदेखि विविध विधामा प्रशिक्षण दिनु पर्ने बताउँदै विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नमा निजी विद्यालयको विशेष भूमिका रहेको बताए ।


प्रतियोगितामा सिनियरतर्फ प्रथम स्थान कौशल इंग्लिश स्कूलकी युनिशा मल्लले प्राप्त गरेकी छिन् । यस्तै, दित्तीय स्थान शृजना ज्ञान सागरका निशान लामाले हात पार्न सफल भए भने तृत्तीय सोही विद्यालयकी रोजमिता गुरुङ भइन् । न्यू इरा एकेडेमीका निरव रायमाझी तथा शोभा भगवती इंग्लिश स्कूलको सकिरा श्रेष्ठले सान्त्वना पुरस्कार पाए ।


यसैगरी जुनियरतर्फ प्रारम्भ वर्ल्ड स्कुलकी मैशमी तामाङले प्रथम स्थान हासिल गर्न सफल भइन् । ज्ञान मन्दिर स्कुलका साइमन थापा दित्तीय र शृजना ज्ञान सागरका शृजल दाहालले तृतीय स्थान हासिल गरे । यस्तै, कौशल इंग्लिश स्कुलकी नम्रता राई तथा प्रारम्भ वर्ल्ड स्कूलका आयनस ज्ञवालीले सान्त्वना पुरस्कार जित्न सफल भए ।


कार्यक्रममा फेरिल्याण्ड इन्टरनेसनल स्कूलका संस्थापक प्रिन्सिपल तथा ओपीएसका सल्लाहकार विष्णुचन्द्र अधिकारी ‘ओपीएस इन्टर स्कुल आर्ट कम्पिटिसन’ को बारेमा बोल्दै ओपीएसले विगत १७÷१८ वर्ष यता गरेका विविध कार्यक्रमबारे जानकारी दिए ।

साथै, उहाँले शिक्षक शिक्षिकाहरु तथा विद्यार्थी केन्द्रित विविध कार्यक्रमहरु गर्दै सम्पूर्ण ओपीएसमा आवाद्ध विद्यालयहरुको विविध पक्षलाई समेट्दै विश्व बजारमा आजका बालबालिकालाई प्रतिष्पर्धी बनाउने उद्देश्यका साथ अगाडि बढेको प्रष्ट पारे ।
यस्तै, कार्यक्रममा प्राध्यापक राधेश्याम मुल्मीसहितको निर्णायक समितिले मूल्यांकन गरेको थियो । उनले चित्रकलाले बालबालिकाहरूलाई सिर्जनात्मक कार्य गर्न प्रेरणा मिल्ने बताउँदै विद्यार्थी भाई बहिनीहरूलाई अझ जोसजाँगरका साथ जित–हारलाई मात्र ध्यान नदिई लगनशील भई अगाडि बढ्न आग्रह गरे ।


उक्त कार्यक्रम फेरिल्याण्ड इन्टरनेसनल स्कूलका निर्देशक विनोद अधिकारीले सञ्चालन गेरेका थिए भने स्वागत मन्तव्य विद्यालयका निर्देशक राम प्रसाद गौतमले राखेका थिए ।