आर्थिक वर्ष ०७९/८० मा शिक्षाका कुन कुन क्षेत्रमा कति बजेट

काठमाडौं/१५ जेठ– सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयका लागि १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।


अघिल्लो वर्ष १ खर्ब ७१ अर्ब ७१ करोड रकम विनियोजन गरिएकोमा यो वर्ष शिक्षामा बजेट वृद्धि गर्दे १ खर्ब ९६ अर्ब ३८ करोड रकम विनियोजन गरिएको जर्नादन शर्माले आर्थिक वर्ष ०७९÷०८० को बजेट भाषणमा उक्त घोषणा गरेका हुन ।


१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका अन्तर्गत १ हजार २ सय सार्वजनिक विद्यालयको प्राविधिक सुधार सहित निर्माणका लागि र शिक्षकको क्षमात विकास, कार्यमुलक अनुसन्धान योजना र शिक्षण सिकाइ र विद्यार्थीको क्षमता वृद्धि गर्न ८ अर्ब ८८ करोड बजेट विनियोजन ।


२. डिजिटल सिकाइ सामाग्रि उपलब्ध गराई विद्यार्थीको अभिवृद्धि गरिने, माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषयको विज्ञ शिक्षकबाट भर्चुअलको माध्यमबाट गुणस्तरीय शिक्षाको सुनिश्चित गर्न प्रत्येक प्रदेशमा २० वटा विद्यालयका लागि आवश्यक पर्ने इन्टरनेट र डिजिटल सामाग्री खरिदका लागि १० करोड विनियोजन ।


३. १४० वटा विद्यालयमा रहेको पढ्दै कमाउँदै कार्यक्रमलाई थप १ सय विद्यालयमा लगिने ।


४. सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकको क्षमता अभवृद्धि गर्न तालिमको व्यवस्था, शैक्षिक नतिजाका आधारमा प्रधानाध्यापकबाट पेस भएको प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत भएमा सो बमोजिम योजना कार्यान्वयन गर्न ५ लाख रुपियाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने घोषणा ।


६. हाम्रो विद्यालय हाम्रो जीम्मेवारी कार्यक्रम सञ्चालन गरीने ।


७. प्राविधिक तथा व्यवसायिक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन ।


८. शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन ।


९. शिक्षा क्षेत्र तर्फ प्रदेशका लागि ५ अर्ब ३२ करोड विनियोजन ।


१०. शिक्षा क्षेत्र तर्फ स्थानिय तहका लागि १ खर्ब २१ अर्व १ करोड विनियोजन ।


११. कक्षा ८ सम्म दिवा खाजा दिने लक्ष्य रहेको र आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यावस्था गरिने ।


१२. अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानलाई विकास गर्न विश्वविद्यालयमा विदेशी प्राध्यापकलाई भिसाको व्यस्था गर्ने, विश्वविद्यालयको सहकार्यमा मेडिकल कलेज खोल्न व्यस्था मिलाउने, डडेलधुरामा मेडिकल कलेज खोल्ने व्यस्था मिलाउने, शिक्षण संस्थाहरुले मेडिकल शिक्षा अध्ययन गर्नका लागि विदेशी विद्यार्थीलाई आकर्षण गर्न उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने घोषणा ।


१३. यस्तै सरकारले अनुसन्धान तथा विकास समितिअन्तर्गत आविष्कार केन्द्रको विकास गर्न त्रिविका अनुसन्धान केन्द्रका लागि आवश्यक बजेट विनियोजन गर्ने जनाएको छ ।


१४. आवश्यकता अनुसार आवासीय विद्यालयको निर्माण र विपन्न, गरीब विद्यार्थीको गेणस्तरीय शिक्षमा पहँुच सुनिश्चित गरिने ।


१५. जनसंख्याको अनुपातमा स्वस्थ्य सेवा अन्तर्गत चिकित्सा शिक्षालगायतको क्षेत्रलाई सहज बनाईने र वर्षको दुई पटकसम्म भर्ना हुने व्यवस्था मिलाइने ।


१६.स्थानीय मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थालाई अनुदान दिने ।


१८. सम्पुर्ण राष्ट्रसेवक, कर्मचारी र शिक्षक सहित श्रेणीका आधारमा १५ प्रतिशतले तलब वृद्धि गरेको छ ।