हामीले गौण ठानेको एउटा कक्षा शिक्षकको त्यो अहम भूमिका

चितवन /४ जेठ-एक शिक्षक जसले सिकाउँछ वा विद्यालयमा विद्यार्थीहरूको एक विशेष समूह ९कक्षारसेक्सन०को लागि पठनपाठनका अतिरिक्त विशेष जिम्मेवारी लिनु पर्छ,ऊ नै कक्षा शिक्षक हो। अर्को भाषामा एउटा कुशल शिक्षक माथि एक कुसल कक्षा व्यवस्थापक पनि हो,ऊ त्यो कक्षाको नेतृत्वकर्ता पनि हो। एउटा कक्षा शिक्षकको भूमिका त्यो विद्यार्थी समूहको निमित्त उत्साहप्रद,रुचिपूर्ण,उत्प्रेरणात्मक र अमिट छाप छोड्ने प्रकृतिको हुनु पर्छ।


हरेक शिक्षकले कक्षा शिक्षक हुनको लागि भित्रै देखि ईच्छुक हुनु पर्दछ,कक्षा शिक्षक हुनु पनि शिक्षकको एउटा विशेष अवसर हो।विद्यार्थी र अभिभावक दुवैको निरन्तर सम्पर्कमा रहने तथा दुवै पक्षलाई सिकाईको सम्बन्धमा,बिद्यालयको सम्बन्धमा सकारात्मक संचार गर्ने व्यक्तित्व कक्षा शिक्षक हो।एउटा सफल कक्षा शिक्षक विद्यालयको सदभावना राजदुत पनि हो ।कक्षा शिक्षकहरुको भूमिका प्रभावकारी भएको खण्डमा विद्यालयलाई सरोकारहरुले हेर्ने दृष्टिकोण धेरै नै सकारात्मक हुन्छ ।


नयाँ शैक्षिक सत्रको सुरुवाती समयमा छौं, कतिपय विद्यालयमा दैनिक कार्यतालिका पनि तयार हुँदै होला ।विहानीले दिनको संकेत गर्छ भने जस्तै शैक्षिक सत्रको सुरुवातवाट नै नयाँ उमङ्गका साथ नयाँ कक्षाको पठनपाठन प्रारम्भ हुन सकोस्। हेर्दा अति सामान्य तर हामीहरूवाट वेवास्ता गरिएका कारणले सुधार हुन वाधक रहेका कुराहरुमा हाम्रो ध्यान पुग्नु अति जरुरी छ।यस लेखमार्फत विद्यालयका कक्षा शिक्षक साथीहरुको भूमिकालाई पुनर्ताजकि गराउने सानो प्रयास मात्र गरेकोछु ।


१. यहा स्वयममा नियमित,फुर्तिलो,आकर्षक,सिर्जनशील,नेतृत्वशाली,आशा संचारक, परिवर्तन खोज्ने र केहि गर्छु,देखाउंछु भन्ने सोंच हुनु पर्दछ। त्यो समूह विद्यार्थीको रोजाइको शिक्षक ,खोजीको शिक्षक हुनु पर्छ । एक दिन अनुपस्थित हुँदा उनिहरूलाइ अपूर्णता महसुस वनाउने भूमिका गर्ने शिक्षक हुनु पर्छ ।


२. यहाहरु सवैको साथमा एउटा व्यक्तिगत डायरी हुनु पर्छ,कक्षागत क्रियाकलाप र अन्य कुराहरुको दैनिकनोट टिपोट लेख्दा स्मरण गर्न सहज हुनेछ ।हरेक दिन डायरी हेर्दा गर्न वाँकी काममा थप ढिलाई हुने सम्भावना न्यून हुन्छ ।


३. कक्षागत विद्यार्थी हाजिरी पुस्तिकाको अग्रभागमा कक्षागत बिद्यार्थी,अभिभावक,सम्पर्क नम्वर,ठेगाना,लिङ्गरजाती आदि विवरणहरू नछुटाई केरमेट नगरी सफा र सपष्ट सङ्ग लेख्नु हुनेछ। हाजिरी पुस्तिकाको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण रहनेछ । हाजिरी पुस्तिका हेर्दा पनि यहाको कार्यकुशलताको प्रतिविम्व देखिने छ ।


४. हरेक महिनाको हाजिरी पानामा विद्यार्थीको नाम मासिक एक पटक भन्दा पनि फुर्सद हुँदा सबै महिनाको लेखेर राख्दा राम्रो हुनेछ। छात्र र छात्रा छुट्टिने गरि फरक र फरक मसिले लेख्दा उत्तम देखिन्छ,विश्लेषण गर्न सहज र शिघ्रता हुनेछ ।मासिक रुपमा आवशयक विवरणहरू अद्यावधिक गरिरहने ।


५. हरेक दिन अनुपस्थित हुने विद्यार्थीको खोजी गर्नु हुनेछ,मोवाइलवाट किन नआएको भन्ने कुरा अभिभावक सङ्ग जानकारी लिनुहुनेछ,अभिभावकको ध्यानाकर्षण गराउनुहुनेछ।उक्त विद्यार्थी प्रति थप निगरानी बढाउनु हुनेछ ।उसको सिकाइमा मनोवैज्ञानिक अवरोध भए हटाउने प्रयत्न गर्नुहुनेछ,उसलाई पढ्न प्रोत्साहन गर्नु हुनेछ । विशेष खालको समस्या परे प्रधानाध्यापक समक्ष लैजानुहुनेछ ।


६. कक्षाको सवै विद्यार्थीको बिद्यालय पोशाक९सवैकुराहरु०,कपाल,नङ्ग,सरसफाइको अवस्था आदिको ख्याल गर्नु हुनेछ।उनीहरू संग पाठ्यपुस्तक र अन्य शैक्षिक सामाग्रीहरु भए नभएको एकिन गर्नु हुनेछ। उनीहरुको वसाई ,साथीसंगको सहक्रियाकलाप र अनुसाशनको ख्याल गर्नुहुनेछ।


७. कक्षामा प्रवेश गर्दा आफूले नै विद्यार्थीहरूलाई अभिवादन गर्ने,उनीहरुले एक स्वरमा अभिभादन फर्काउने र सतर्क हुने गरि उठ्ने वानी वसाउने।दैनिक पाठ शुरु गर्नु अघि २र४ मिनेट उत्प्रेरक र अनुकरणीय ,संस्कारित र सफल व्यक्तिरव्यक्तित्वको दृष्टान्त भनेर उनीहरुमा पनि सफल व्यक्ति बन्नु पर्छ भन्ने भावाना जागृत गराउने ।


८. कक्षा कोठाको ४ भित्ता र भुई सफा वनाउन लगाउने। कक्षा भित्र डस्टवीन र कुचो राख्ने व्यवस्था मिलाउने ।


९. कक्षा कोठामा भित्ते घडी,विद्यार्थी आचार संहिता र अन्य परीक्षाका अवधिमा समेत हटाउन नपर्ने जानकारीमुलक तथा उत्प्रेरणात्मक संकलन लेखिएकाकार्डवोर्ड पेपररफ्लेक्सहरु राख्ने व्यवस्था मिलाउने ।


१०. कक्षागत मोनिटर छात्र(छात्रा ९२जाना० छनोट गरि कक्षागत जिम्मेवारी प्रदान गर्ने । उनीहरुको लागि परिचय पत्र कार्ड व्यवस्थापन गर्ने।विद्यार्थीहरुलाई अति आवश्यक कामले वाहिर निस्कन परेमा मोनिटर मार्फत वाहिर जाने कार्ड उपलव्ध गराएर कक्षा बाहिर जान अनुमति लिने व्यवस्थामिलाउने।


११. कक्षामा आपसमा आदरार्थी भाषा प्रयोगको अनिवार्य वातावरण निर्माण गर्ने ।


१२. सदन विभाजन,विभिन्न विद्यालय क्लवहरुमा वस्न उत्प्रेरित गर्ने,अतिरिक्त क्रियाकलापमा आफ्नो बिद्यार्थीसमुहको सहभागिता वढाउने,आफ्नो कक्षाको विद्यार्थीहरुको विशेष क्षमता विकासमा प्रोत्साहन गर्ने,उनीहरुलाई मदत गरिदिने।


१३. कक्षा मोनिटर मार्फत कक्षागत बिद्यार्थी लगबुकलाइ अभ्यासमा ल्याउने , त्यस मार्फत विभिन्न विषय शिक्षकहरुको शिक्षण भूमिका पहिचान गर्ने र आवश्यक अवस्थामा प्रधानाध्यापक मार्फत पृष्ठपोषणको भूमिका निर्माण गर्ने र गराउने।


१४. कक्षागत रुपमा सिकाइमा समस्या भएका विद्यार्थीहरुको पहिचान गरि सुधारको योज़ना प्रधानाध्यापक समक्ष पेश गर्ने, निदानात्मक शिक्षणको लागि अतिरिक्त शिक्षण कार्यक्रम संचालन गराउने वातावरणको लागि पहल लिने ।


१५. कक्षागत रुपमा सवै चरणको सिकाइ उपलव्धिको समष्टिगत अभिलेख राख्ने । वैयक्तिक भिन्नता ,प्रगति रअवनतिको अवस्था र त्यसका कारणहरु पहिचान गर्ने,मार्गशिट तयार गर्ने , पृष्ठपोषण लेखन गर्ने र अभिभावकलाई संचार गर्ने ।


१६. विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीहरु पहिचान गर्ने र पुरस्कारको लागि सिफारिस गर्ने । आफूले पनि कक्षागत प्रतियोगिताहरु आयोजाना गरि पुरस्कार र प्रोत्साहनको वातावरण वनाउने ।


१७. यस्तै गर्न सकिने अन्य रचनात्मक कार्यहरू ।


(डा. हरिप्रसाद कडेल भीमोदय नमूना मावि चितवनका प्रधानाध्यापक हुन ।)