प्रि–डिप्लोमा र प्रमाणपत्र–डिप्लोमा कार्यक्रम नवीकरणका लागि निवेदन माग

काठमाडौं /१२ जेठ-सीटीईभीटी स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले शैक्षिक सत्र २०७९–०८० का लागि कार्यक्रम नविकरण गर्न कार्यक्म सञ्चालन गरिरहेका संस्थाहरुलाई सूचना जारी गरेको छ । प्रि–डिप्लोमा र प्रमाणपत्र–डिप्लोमा तहका कार्यक्रम २१ दिनभित्र नवीकरण गर्ने सूचना जारी गरेको हो ।


सीटीईभीटीका कार्यक्रम सञ्चालन गरीरहेका संस्थाहरुले सम्बन्धन वा स्विकृत पाएको मितिले दुई वर्ष पछि प्रत्येक वर्ष कार्यक्रम नविकरण गर्नुपर्ने व्यावस्था अनुसार यस वर्ष परिषद् कार्यालयबाट गरिएको अनुगमन–सुपरिवेक्षणबाट योग्य ठहरिएका संस्थाहरूलाई नवीकरण गर्न सूचित गरेको हो ।


प्राविधिक महाशाखाले निर्धारण गरेको सर्त अनुसार नवीकरण शुल्क, टीएमआईएस शुल्क र अन्य आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र नियमित शुल्कमा र असार २ गतेदेखि ८ गतेसम्म विलम्ब शुल्क समेत जम्मा गरी अनलाइन मार्फत नवीकरणका लागि निवेदन दिन भनिएको छ ।