आइतबार विद्यालय सञ्चालन गर्ने गोकर्णेश्वर नगरपालिकाको निर्णय

काठमाडौं/१२ जेठ-गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आइतबार पनि यथावत रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षणका रुपमा दुई दिन विदा गर्ने निर्णय गरेपनि पालीका अन्तर्गतका विद्यालयहरु यथावत रुपमा सञ्चालन गर्ने भएको हो ।


शिक्षाका सरोकारहरु विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरु, पेशागत संगठनका प्रतिनिधि उपस्थिति रहेको बैठकले शैक्षिक सत्र ढिलो सुरु भएकाणले पाठ्यघण्टा तथा कार्यघण्टा नपुग्ने भएकाले सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।


नगरपालिकाको जेठ १२ गते बिहिबारको निर्णय अनुसार नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु अर्को व्यवस्था नभएसम्मका लागि आइतबार पनि यथवत रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।