बि.टेक फुड टेक्नोलोजी

के हो फुड टेक्नोलोजी ?
फुड टेक्नोलाजी खाद्यन्न सम्बन्धी विज्ञान हो । फुड टेक्नोलोजी एक विज्ञान हो जसले खाद्यन्न पदार्थहरुको प्रशोधन र संरक्षणमा आवश्यक पर्ने प्रविधिको तथा सामग्रीको निमार्ण गर्छ । यो विषयले खाना पकाउने सिकाउने होइन । यसले धान उत्पादन देखि गुणस्तरीय खाद्य वस्तु बनाउने विधि सिकाँउछ । फुड टेक्नोलोजीले नयाँ उत्पादन विधि र खाद्यन्नलाई सूक्ष्म जीवहरुबाट सुरक्षित राख्न सिकाँउछ । यो विषय अध्ययन पछि विद्यार्थीले धान, मकै, कोदो लगायतका खाद्य बाली कुन समयमा रोप्ने, कुन समयमा झार्ने, भण्डारण कसरी गर्ने, प्रशोधन गरेर कुन कुन वस्तु उत्पादन गर्ने ज्ञान हामील फुड टेक्नोलोजी बाट प्राप्त गर्न सक्छौं । बि.टेक फुड टेक्नोलोजी अन्तर्गत विद्यार्थीले खाद्य वस्तु कस्तो छ ? उपभोक्ताको स्वास्थ्यमा कुनै असर पुराएको छ वा छैन ? खाद्य वस्तुमा चाहिने आवश्य तत्व छ कि छैन् ? खाद्यन्न वस्तु कसरी उत्पादन गरिएको छ ? इत्यादि कुुराहरुको अनुसन्धान र अनुगमन गरिन्छ ।

नेपालमा यसकोे बिषय
यो ४ वर्षे ( ८ सेमेष्टर) र्कोष हो । विद्याथीर्ले प्लस टु विज्ञान विषय लिएर अध्ययन गरेको हुनु पर्छ । विद्यार्थीले कम्तीमा सी प्लस ल्याएको हुनुपर्छ ।
यो र्कोषमा विद्यार्थीले फिजिक्स, केमेष्ट्री, फुड इन्जिनियरिङ, फुड टेक्नोलोजी विभिन्न कुरा अध्ययन गर्न पाँउछन् । बेच्लर्स बाहेक एसईई उत्तिर्ण गरेका विद्यार्थी ३ वर्षे डिप्लोमा फुड टेक्नोलोजी अध्ययन गर्न पाँउछन् ।

यो विषयको स्कोप कस्तो रहेको छ ?
यो एक आधुनिक विषय हो । फुड टेक्नोलोजीमा स्नातक तह उत्तिर्ण गरेपछि विद्यार्थीले स्वदेश तथा विदेशमा अवसर प्राप्त गर्न सक्छन् । कृषकहरुले उत्पादन गरेको कच्चा पदार्थबाट खाद्यय वस्तु निमार्ण गर्ने भएको यो विषय अध्ययन गरेका विद्यार्थीले आफ्नै उद्योग पनि खोल्न सक्छन् । खाद्य विज्ञको रुपमा पनि विद्याथीर्ले अवसर प्राप्त गर्न सक्छन । खाद्य विज्ञको संख्या निकै कम भएको कारणले खादय तथा गुणस्तर नियन्त्रणमा समेत अवसर प्राप्त गर्न सकिन्छ । गुणस्तरहिन खाद्यन्न, मिसावट गरेका खाद्यन्न वस्तुको अनुगमन र अनुसन्धान गर्ने क्षेत्रमा रोजगार प्राप्त गर्न सकिन्छ ।
स्नातक तह उत्तिर्ण गरेपछि विद्यार्थीले रिसर्च इन्स्टिच्यूट, प्रोडक्सन म्यानेजर, प्रडक्ट डेभेलप्मेण्ट स्पेसलिष्ट, फुड क्वालिटी एन्स्योरेन्स, फुड सेल्स रिप्रजेन्टर, फुड कन्सलटेन्टका रुपमा काम गर्न सक्छन् । फुड व्यवसाय, प्याकेजिङमा पनि अवसर प्राप्त गर्न सकिन्छ ।

नेपालमा फुड टेक्नोलोजीको सुरुवात
नेपालमा सन २००५ मा काठमाडौं भ्याली कलेजमा स्थापना भएको हो । डिप्लोमा तहबाट भने सन् २०१० बाट सुरु गरिएको हो । डिप्लोमा फुड टेक्नोलोजी सीटीईभीटीबाट पढाइ हुन्छ । नेपालमा अहिले १२ वटा कलेजमा फुढ टेक्नोलोजी पढाई हुदै आएको छ । ११ वटा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका छन् भने १ कलेज भने पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज रहेको छ । बी.टेक फुड टेक्नोलोजीको डिप्लोमा तह भने धरान र काठमाडौंमा मात्र पढाइ हुन्छ ।