ललितपुर/६ जेठ-ललितपुर स्थित क्यम्पियन कलेजले बिहिबार ग्राजुयसन सेरेमनी कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ महामारीका कारण लामो समयसम्म हुन नसकेको ग्राजुयसन सेरेमनी कार्यक्रम होटेल हिमालय कुपन्डोलमा सम्पन्न गरेको हो ।
कार्यक्रममा २०१६ देखि २०१८ सम्मका बिएसडब्लु, बिबिए, बिबिएस व्याच पास आउट गरेका विद्यार्थीहरुलाई गरिएको थियो । कलेजकी प्रिन्सिपल अनामिका श्रीवास्तवले गुणस्तरिय शिक्षाका लागि कलेज सधै प्रतिबद्ध रहेको बताइन । उनले कलेज सकेर विदा भएर गएका विद्यार्थीहरुलाई उज्जवल भविष्यको कामना गर्दे विद्यार्थीको भविष्य निर्माणमा कलेज जहिले पनि संवेदनशिल रहेको र सधै विद्यार्थीलाई सहयोग गर्न तत्पर रहेको जानकारी दिइन ।
प्रा.डा.कुशुम शाक्यले विद्यार्थीको भविष्य निर्माणमा कलेजको पनि दायित्व रहेको बताउँदै ज्ञानसँगै समयको पनि सदुपयोग र व्यावस्थापन गर्न सके जीवनमा सफल भइने बताइन । उनले कलेजमा हासिल गरेको ज्ञान सँगसँगै आत्मबलका साथ अगाडी बढ्न विद्यार्थीहरुलाई उत्प्रेरणा थपिन ।
त्यसैगरी बिबिए, बिबिएस, बिएसडब्लु अध्ययन गरेको विद्यार्थीहरु सवी मानन्धर, सुनेना महर्जन, प्रियंका कायस्त र युक्त्ता पौडेलले कलेजले आफ्नो जीवनमा केही गर्नका लागि सकारात्मक शिक्षा दिएकोमा खुशी व्याक्त गरे । उनीहरुले किताबको मात्र ज्ञान नभएर व्यावहारीक ज्ञान पनि कलेजले दिएकोमा धन्यवाद दिए ।
सिजी एजुकेशन तथा क्यम्पियन कलेजका म्यानेजिङ डाइरेक्टर निर्वाना चौधरीले जस्तोसुकै समस्याको पनि सामना गर्दे अगाडी बढ्न सके एक दिन अवश्य सफल भइने बताए । अहिले ग्लेबलाइजेसनको समय भएपनि आफु जहाँ रहेर पनि देशका लागि केही गर्नका लागि विद्यार्थीहरुलाई उत्प्रेरणा दिए । आफुले जीवनमा गरेका संघर्ष र सफलताका विषयमा बोल्दै धैर्यताका साथ समय र परिस्थितिलाई बुझेर अगाडी बढे हरेक क्षेत्र वा व्यवसायमा सफल भइने बताए । साथै आफ्ने उदेश्य भनेकै देशका लागि केही गर्नु रहेको प्रष्ट पारे ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष डा. महाश्रम शर्माले ग्राजुयसनमा सहभागी विद्यार्थीहरुलाई बधाई दिँदै यसपछि आफ्नो जिवनमा कसरी अगाडी बढ्ने, कस्ता समस्या आउन सक्छन् र कसरी समाधान गर्ने र राष्ट्रका लागि केहि गर्नका लागि विद्यार्थीलाई शिक्षा दिन सकेकोमा खुशी व्यक्त गरे ।
क्याप्टेन विजय लामाले हिजोका दिनमा सिजी पनि सानो अफिसबाट सुरु गरेर आज विश्वभर फैलिन सफल भएको उदाहरण दिँदै आफुले लिएको ज्ञानलाई सकारात्मक विचारबाट प्रयोग गर्न सके सफल भइने बताए । उनले भने “पढेर भन्दा परेर सफल भइन्छ भन्छन तर अनुशासनका साथ पढेको र परेको दुबैलाई प्रयोग गर्न सके अवश्य सफल भइन्छ ।”
कार्यक्रममा सोफी मानन्धर, दिक्षिता महर्जन, युक्ता पौडेललाई एक्सिलेन्स अवार्ड २०२२ बाट सम्मान गरीएको थियो भने प्रनुज श्रेष्ठ, मिना पुन मगर, प्रिति शाक्यलाई वेष्ट स्टुडेन्ट अवार्ड २०२२ बाट सम्मान गरीएको थियो ।












