निर्वाचनमा खटाइएका शिक्षकको सम्मानमा आँच आएको भन्दै कार्य क्षेत्र नजाने चेतावनी

काठमाडौं/२६ वैशाख-निर्वाचनमा खटाइएका शिक्षक कर्मचारी व्यवस्थापनमा शिक्षकहरुको मान सम्मानमा आँच पुग्नेगरी जिम्मेवारी दिएको भन्दै असहमती व्याक्त गरेका छन् । नेपाल शिक्षक महासंघ जिल्ला समिति रामेछापले निर्वाचनमा खटाइएका शिक्षक कर्मचारी व्यवस्थापनप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउँदै असहमती व्याक्त गरेको हो ।


रामेछाप क्रियाशिल शिक्षकका पेशागत संस्थाहरुले निर्वाचन कार्यालय रामेछापको ध्यानाकर्षण गराउँदै शिक्षकहरुको तहगत र श्रेणीगत स्तरलाई वेवास्ता गरी तोकिएको जिम्मेवारीले शिक्षकहरुको स्वाभिमान गिराएको र यसरी हठात् मनोवल गिराउँने कार्यले शिक्षक समुदाय चिन्तित रहेको जनकारी गराएका छन् ।


साथै कर्मचारी व्यवस्थापन शिक्षकको मान सम्मानमा आँच नपुग्ने गरी व्यवस्थापन गर्नका लागि माग गरेका छन् । अन्यथा शिक्षकहरु तोकिएको कार्य क्षेत्रमा गई कार्य सम्पादन गर्न वाध्य नहुने चेतावनी दिँदै यसबाट पर्न सक्ने असरप्रति सम्बन्धित निकाय नै पूर्ण जिम्मेवारी रहने पत्रमा उल्लेख गरिएको छ ।