“नेपाल स्कुल मेला”सुरु, अनलाइनबाटै विद्यालयको जानकारी लिन सकिने

काठमाडौं/१९ वैशाख-नेपालको शिक्षा क्षेत्रमा विगत १५ वर्षदेखि निरन्तर सेवा गर्दे आएको कलेज रिडर्स पत्रिकाले विगतका वर्ष झै यो वर्ष पनि भर्चुअल “नेपाल स्कुल मेला २०७९” आयोजना गरेको छ । भर्चुअल रुपमा वैशाख १९ गतेदेखि २८ गतेसम्म १० दिन सञ्चालन हुने उक्त मेला प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाको प्रमुख आतिथ्यमा उद्घाटन गर्दे सुरु गरिएको हो ।


त्यसैगरी नेपाल स्कुल मेलाका संयोजक तथा प्याब्सनका केन्द्रीय महासचिव आर.बी. कट्वालले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए । प्याब्सनका केन्द्रीय उपाध्यक्ष टि.आर ढकालले स्वागत मन्तव्य राखेका थिए । धन्यबादमा कृष्ण अधिकारीले केही भनाइ राखेका थिए ।


मेलाको उद्घाटन गर्दे प्रमुख अतिथि डिके ढुंगानाले अब विद्यालयहरु डिजिटलाइज् भएर अगाडी बढ्न आवश्यक रहेको बताए । उनले विद्यालयलाई प्रविधिसँग जोड्दा नेपालको शिक्षा क्षेत्रको विकास हुनुका साथै गुणस्तरिय शिक्षा दिन सकिने बताए । उनले भने “स्कुल मेलाले नेपालका सबै विद्यालयहरुलाई टेक्नोलोजि भित्र अटाउन सक्यो भने अन्तराष्ट्रिय स्तरको शिक्षा नेपालमै रहेको जानकारी दिन सकिन्छ । जस्ले गर्दा नेपाल उच्च शैक्षिक गन्तव्य बन्नमा टेवा पुग्छ ।”


नेपाल स्कुल मेलाले विभिन्न विद्यालयहरुलाई खोजि नेपालमा पनि अन्ताष्ट्रिय स्तरका विद्यालयहरु रहेको र गुणस्तरिय शिक्षा दिन सक्ने भन्दै यस मेलाले विद्यालयका बारेमा जानकारी लिन अभिभावक र विद्यार्थीलाई सहयोग पुग्ने मेलाका आयोजक जितेन्द्र घिमिरेले बताए । यस्ता किसिमका अनलाईन शैक्षिक गतिविधिले गर्दा कोभिड तथा अन्य प्राकृतिक प्रकोपका विचमा पनि स्कुलका सेवाहरु सुचारु भईरहने भएकाले सबैले हातेमालो गरी अगाडी बढ्नु पर्ने धारणा राखे ।


निजी विद्यालयहरुको छाता संगठन प्याब्सनको सहकार्यमा सञ्चालन भएको दोस्रो नेपाल स्कुल मेला २०७९ मा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरु www.nepalschoolmela.com मा भ्रमण गरी आफुले चाहे जस्तो स्कुल छनोट गर्न सक्ने छन् ।
मेलाले विद्यार्थी तथा अभिभावकलाई घरमै बसेर अनलाईन मार्फत नेपालभर रहेका विद्यालयहरुको सम्पुर्ण जानकारी लिन सहज हुने छ । विद्यालय भवन, कक्षा कोठा, विद्यालयको वातावरण, प्रविधि, पुस्तकालय, भोजन गृह, खेल मैदान आदिका बारेमा बुझन सकिने छ । साथै विद्यार्थीहरुलाई भर्ना हुन परेमा वा शैक्षिक संस्थाको थप जानकारी लिनु परेमा लाइभ च्याटमा गएर म्यसेज गरेपछि विद्यालयका सम्बन्धित व्याक्तिले आफै सम्पर्क गर्नेछन् ।


१० दिन सम्म चल्ने मेलामा विभिन्न सेलिब्रेटी र एक्सपर्टहरुसँग प्रत्यक्ष रुपमा कार्यक्रम सञ्चालन गरीने छ । त्यसैगरी नेपाल स्कुल मेलाको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्नेगरी क्विज कार्यक्रम सञ्चालन गरिने छ ।


नेपाल स्कुल मेलामा एक हजार भन्दा बढी विद्यालयहरुले सहभागिता जनाएका छन् भने १० दिनको अवधिमा करीब १० लाख विद्यार्थी तथा अभिभावकहरुले भ्रमण गर्ने अपेक्षा गरीएको मेला आयोजकले जनाएको छ ।


गत वर्षदेखि कलेज रिडर्स र प्याब्सनको सहकार्यमा सञ्चालन गरिदै आएको भर्चुअल मेलमा ओसन पब्लिकेशन मुख्य प्रायोजक रहेको छ । प्रायोजकमा ज्योति लाइफ इन्स्योरेन्स, द कनेक्ट प्लस (टिसिपी), सनराइज पब्लिकेशन,सत्याल पब्लिकेशन, भेदा रहेका छन् । सहयोगमा हिसान काठमाडौं, टाइम्स पब्लिकेशन, भेदान्त पब्लिकेशन, एन प्याब्सन, सर्च अल नेपाल, ग्लोबल आइओटी नेपाल रहेका छन् । अफिसियल मिडियामा खबर एजुकेशन डट कम रहेको छ ।


यस कार्यक्रमलाई एन प्याब्सन, एकोन, फिकोन, पियु क्यान, हिसान, जस्ता संघ संगठनहरुको समेत प्रत्यक्ष सहयोग रहेको छ ।