अनुगमनका नाममा परीक्षा हलमा प्रवेश गरी भीडभाड नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं/१४ वैशाख-गृह मन्त्रालयले विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व एवं परीक्षा अवधिभर कार्यालय प्रयोजनका लागि बाहेक अन्य कुनै तस्विर वा भिडियो नलिन आग्रह गरेको छ ।


मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्ति एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराएको छ ।