मोरङ्ग/१५ चैत-पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्रशासनिक पदको बढुवा, आन्तरिक र खुला प्रतियोगिताका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले विभिन्न निकाय, क्याम्पसहरुमा स्थायी पदपूर्ती गर्नु पर्ने भएकाले आवेदन माग गरेको हो ।
इच्छुक व्यक्तिहरुले बैशाख १९ गतेसम्म र देब्बर दस्तुरमा २६ गतेभित्र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको वेबसाइट www.pusc.edu.np मार्फत अनलाइन दरखास्त दिन सकिने जनाएको छ ।




