काठमाडौं /२६ फागुन-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले सीप, संस्कार र प्रविधि सहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता’ नारासहित आगामी महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको जनाएको छ । प्याब्सनको आगामी चैत ९ र १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने १५औं राष्ट्रिय महाधिवेसन सम्पन्न गर्न गइरहेको जनाएको हो ।
विहिबार गरिएको पत्रकार सम्मेलनमा आगामी महाधिवेशनले छान्ने नेतृत्व सर्वसम्मत हुने बताउँदै विगतमा जस्तो प्यानल बनाएर चुनाव नहुने जनाएको छ ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आगामि दिनहरुमा विगतमा जस्तो प्याब्सनमा राजनिति रङ् नदिइने जानकारी दिँदै लोकतान्त्रिक व्यवस्थामा नेतृत्व लिन सबैले सक्ने बताए । उनले सकेसम्म सर्वसम्मत हुने,चुनावै भएपनि प्यानल नहुने र वेग्ला वेग्लै उम्मेदवार हुने बताए ।
पहिलो पटक विद्युतिय प्रणालीबाट निर्वाचन गर्ने तयारी गरिएको महाधिवेशन उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अध्यक्ष टीकाराम पुरीले बताए ।
त्यसैगरी प्याब्सनले १४ करोडको लागतमा खरीद गरेको भवनको उद्घाटन महाधिवेशन उद्घाटनकै दिन विहान ८ः३० बजे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल द्धारा गरीने जानकारी दिइएको छ ।
साथै कोसी बाढी पीडित समुदायका लागि सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले उपलब्ध गराएको एक विगाह जग्गामा प्याब्सन सदस्य विद्यालयहरुको योगदानबाट संकलित १ करोड ५० लाखको लगानिमा निर्मित ‘प्याब्सन सामूहिक बस्ती’ को हस्तान्तरण कार्य चैत १ गते गरिने अध्यक्ष पुरीले जानकारी दिए ।
१५औं राष्ट्रिय महाधिवेसनले तीन वर्षे कार्यकालका लागि २७ जना पदाधिकारीहरू र ३९ जना सदस्य सहित ६६ जनाको कार्यसमिति चयन गर्नेछ ।



