धादिङ /२५ फागुन-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपाल शिक्षक महासङ्घसँग गरेको सम्झौता कानुन अनुसार कार्यान्वयन गर्ने बताएका छन् । धादिङको गंगा जमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दे मन्त्रीपौडेलले नेपाल शिक्षक महासङ्घसँग गरेको सम्झौता संघीयता विरोधी नभएको बताएका छन् ।
‘नेपाल नेपाल शिक्षक महासङ्घसँगको सम्झौताका विषयमा विभिन्न सवालहरु उठेका छन्’ मन्त्री पौडेलले भने , ‘संघीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।’
संविधानअनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मादिने तयारीमा रहेको बताए ।
मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताए ।
‘शिक्षा सुधारका लागि योजना बनाएका छौं,’मन्त्री पौडेलले भने, ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ ।’



