काठमाडौं/२४ फागुन-डि.भि एजुकेशन नेटवर्कले ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समाजको विभिन्न क्षेत्रमा योगादान पु¥याउने महिलाहरुलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका विच “डि.भि.महिला शक्ति सम्मान” कार्यक्रम अन्तर्गत सम्मान गरेको हो ।
डि.भि एजुकेशन नेटवर्कले हरेका वर्ष “डि.भि.महिला शक्ति सम्मान” कार्यक्रम अन्तर्गत महिलालाई सम्मान गर्दे आएको जानकारी दिँदै विभिन्न क्षेत्रमा मार्फत समाजमा योगादान पु¥याउने महिलाहरुलाई हौँसला मिलोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुले महिला शसक्तिकरणमा विभिन्न कार्यक्रमहरु गर्दे आएको अवस्थामा यस्ता खालका कार्यक्रमहरुले सामाजिक आर्थिक रुपमा केही परीवर्तन ल्याएपनि अझै शिक्षामा महिलाको पहुँच बढाउनु पर्ने अवश्यक रहेको सिओओ ऋतु न्यौपानेले बताईन । उनले सैद्धान्तिक तहमा महिला शसक्तिकरण,लैंगिक भेदभाव बारे विशेष व्यावस्था भए पनि व्यावहारीक पाटोमा अझै समस्या रहेको बताइन ।
विज्ञान तथा प्रविधि सचिव प्रमिला बज्राचार्य प्रमुख अथिति रहेको उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, पत्रकार सीता पौडेल, क्यान्सर केअर नेपालकी डां सन्ध्या चापागाई, शान्ति विद्यागृह माध्यामिक विद्यालयकी प्रधानाध्यापक शिव कुमारी घिमिरेलाई सम्मान गरीएको थियो ।
त्यसैगरी विशेष अथितिमा प्रा.डा. विहारी विनोद पोखरेल रहेका थिए भने कार्यक्रमको सभापति डि.भि एजुकेशन नेटवर्कका अध्यक्ष विश्वनाथ प्रसाद शाहले गरेका थिए । साथै डि.भि एजुकेशन नेटवर्कका म्यानेजिङ डाइरेक्टर तरुण प्रताप शाहको उपस्थित रहेको थियो ।
डि.भि एजुकेशन नेटवर्क अन्तर्गत ट्रिटन स्कुल तथा कलेज, सेफर्ड कलेज र शुभश्री कलेज रहेका छन् ।



