काठमाडौं/३ फागुन-काठमाडौको लाखेचौर मार्ग, नयाँ बानेश्वरस्थित व्यवस्थानपन संकाय अध्यापन गराउने एक विशेष पहिचान बनाउन सफल कलेजहरुमध्ये एक हो, एपोलो इन्टरनेशनल कलेज । स्नातक तहमा व्यवस्थापन संकाय अन्तर्गतका विषयहरुमा अध्यापन हुने यस एपोलो इन्टरनेशनल कलेज एआईसी सन् २०१० मा स्थापना भएको हो ।
पर्यटन र आतिथ्य उद्योगका लागि आवश्यक दक्ष मानव संसाधनहरु उत्पादन गर्ने लक्ष्यका साथ के.एम.सी. एजुकेशन नेटवर्क अन्तर्गत स्थापना भएको यस कलेजले विद्यार्थीहरुलाई साना र मध्यम खालको उद्यमी बनाउन सहयोग गर्ने व्यावहारीक शिक्षा प्रदान गर्दे आईरहेको छ । पारेखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त यस कलेजमा स्नातक तहमा बीबीए, बीबीए बीआई र बीएचएम कोर्ष पढाई हुदै आएको छ । सन् २०१७ देखि यस कलेजले व्यवस्थापन विषयमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बीएचएम विषयको अध्यापन सुरु गरेको हो ।
अहिलेको परिर्वतनशील समाजको आवश्यकताहरु पूरा गर्ने प्रतिवद्धताका साथ विद्यार्थीहरुमा नेतृत्वको क्षमता तथा रचनात्मकता उद्यमशीलता विकास गर्ने र भविष्यमा आउन सक्ने चुनौतिहरुको सामान गर्ने सक्ने शिक्षा प्रदान गर्ने उदेशयले शिक्षक केन्द्रीत सिकाई भन्दापनि विद्यार्थी केन्द्रीत विधिलाई आपनाउदै आईरहेको छ । कलेजले विद्यार्थीहरुलाई व्यवस्थापनमा उच्च अध्ययनका लागि प्रयत्न आधार बनाउने मात्र काम नगरी विद्यार्थीहरुलाई प्रतिष्ठित व्यतिmत्वको रुपमा समाजमा नेतृत्व गर्न सक्ने बनाउन सहयोगी भुमिका पनि निर्वाह गर्ने गरेको छ ।
यस कलेजले विद्यार्थीहरुलाई उनीहरुमा भएको विभिन्न क्षमतालाई बाहिर ल्याउनका लागि प्रोत्साहित गर्दे सिकाइ प्रभावकारी होस् भन्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ । सैद्धान्तिक कुरामा मात्र विद्यार्थीहरुलाई जोड नदिई प्रयोगात्मक विषयमा पनि जोड गर्दै आईरहेका छ । अहिलेको समयमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानले मात्र हँुदैन भन्ने कुरालाई अनुशरण गरेर कलेजका विद्यार्थीहरुलाई फिल्ड वर्क, ग्रुप वर्क र इन्र्टनसिप गराउने कार्य समेत गर्दै आईरहेका छ । साथसाथै प्रविधीको प्रयोग मार्फत विद्यार्थीलाई अध्ययन गराउँदै आएको छ ।
बीबीए र बीबीए बिआई अध्ययन गर्ने विद्यार्थीलाई विभिन्न अवसर प्रदान गर्दे आएका छौ

कलेजले बीबीए अध्ययन गर्ने विद्यार्थीहरुलाई सबैभन्दा उत्कृष्ट अवसर र सुविधाहरु प्रदान गर्दै आएको छ । सैद्धान्तिक ज्ञान भन्दा व्यावहारीक ज्ञान दिन केन्द्रीत रहेको छ । यो सँगै सांस्कृतिक शिक्षा तालिम ओरेन्टेसन, काउन्सिलिङ्गका अतिरितm क्रियाकलाप लगायतका अन्य शैक्षिक कार्यक्रमहरु गर्ने गरेको छ ।
कलेजमा सम्बन्धित संकायका शिक्षकहरुले हरेक विद्यार्थीहरुलाई आवश्यकता परेको समयमा सहयोग र परामर्श दिदै आएको छ । आफ्ना विद्यार्थीहरुलाई सहज महशुस गराउन र अध्ययन पछि पनि उनीहरुको जिवनमा आउने विभिन्न चुनौतिहरुलाई समाधान गर्न तथा जटिल परिस्थितिकोे सामना गर्नका लागि समक्ष बनाउन यस कलेजले विशेष भूमिका खेल्दै आईरहेको कलेजका प्रशासनिक प्रमुख गणेश गौतमले बताए ।
जसका कारणले गर्दा पोखरा विश्वविद्यालयमा हरेक सेमेस्टरको परिणाममा पहिलो स्थान हासिल गर्न र डेन अवार्डको सूचिमा पार्न सफल भएको उनले जानकारी दिए ।
बिएचएममा विद्यार्थीको इन्टरसिपलाई बढी ध्यान दिएका छौ

बिएचएममा प्राप्त भौतिक पूर्वाधारको साथसाथै प्रयोगशालामा उपयूक्त स्रोत साधन सम्पन्न र उपयूक्त वातावरणको निर्माण गरी सोही आधारमा आधुनिक प्रविधिबाट पठनपाठन गराउँदै आएको बिएचएमका प्रोग्राम कोर्डिनेटर सतिष मिश्रले बताए ।
विद्यार्थीको इन्टरसिपलाई बढी ध्यान दिदै देश भन्दा बाहिर पनि विद्यार्थीलाई इन्टरसिपको व्यावस्था गरीएको उनले बताए । उनले भने “दिउसोको समयमा विद्यार्थीहरुलाई विभिन्न पाँचतारै होटेलहरु वा त्यस्तै ठाउँहरुमा तालिम वा रोजगारको अवसर प्रदान गर्नका लागि यसै शैक्षिक सित्रबाट सम्पूर्ण सेमेस्टरका कक्षाहरु बिहानी सत्रमा सञ्चालन गरीएको छ ।”
त्यसैले कलेज बीबीए विद्यार्थीहरुका लागि मात्रै नभई आतिथ्य र पर्यटनको क्षेत्रमा पनि विद्यार्थीका लागि उति नै उपर्युतm छ । व्यापार र प्रविधि क्षेत्रमा तीव्र गतिमा परिर्वतन भईरहेको समयमा यस कलेजले कोर्सलाई पनि सोही अनुसार परिवर्तन गर्दे लगेको छ । घरेलु, उद्यमी र बजारबाट बहुराष्ट्रिय उद्यम तथा एकल ग्लोबल मार्केटमा परिवर्तनलाई सुहाउँदो शिक्षा प्रदान गर्नका लागि कलेज सदैव सचेत रहेको छ ।



