काठमाडौं/३ फागुन-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नताक तह विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी)मा नया भर्नाका लागि प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
परीक्षा फागुन ७ गते शनिबार १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुने जनाएको छ ।




